हैटीमा सात दशमलव एक रेक्टर स्केलको शक्तिशाली भूकम्प



हैटीमा सात दशमलव एक रेक्टर स्केलको शक्तिशाली भूकम्प

काठमाण्डाै ३० साउन । हैटीमा सात दशमलव एक रेक्टर स्केलको शक्तिशाली भूकम्प गएको छ । राजधानी पोर्ट अफ प्रिन्सबाट एक सय ५० किलोमिटर पश्चिम केन्द्रबिन्दु बनाएर भूकम्प गएको अमेरिकी भूगर्भ सर्वेक्षणले जनाएको छ ।

भूकम्प आएपछि मानिसहरु घरबाहिर भागेका र अहिले अवस्था कोलाहलपूर्ण रहेको समाचार संस्था रोयटर्सले जनाएको छ । क्षतिको विवरण आइसकेको छैन । सन् २०१० मा हैटीमा गएको शक्तिशाली भूकम्पबाट हजारौँ मानिसको ज्यान जानुको साथै धेरै भौतिक संरचना नष्ट भएको थियो । ११ वर्ष अघिको भूकम्पको पुनःनिर्माण नसकिँदै फेरि अर्को शक्तिशाली भूकम्प गएको हो ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे