नेत्रहीन युवा संघ रुपन्देहीद्वारा दृस्टिबिहिन अपाङ्गता भएका ब्यक्तिहरुलाइ स्वास्थ्य सुरक्षा सामाग्री वितरण



नेत्रहीन युवा संघ रुपन्देहीद्वारा दृस्टिबिहिन अपाङ्गता भएका ब्यक्तिहरुलाइ स्वास्थ्य सुरक्षा सामाग्री वितरण

बुटवल ३० साउन ।  नेत्रहीन युवा संघ रुपन्देहीले दृस्टिबिहिन अपाङ्गता भएका ब्यक्तिहरुलाइ स्वास्थ्य सुरक्षा सामाग्री वितरण गरेकाे छ। रुपन्देही जिल्लाकाे बुटवल उपमहानगरपालिका -१५ उजेलापुर, १३ जबही र १२ रुपन्देही नेत्रहीन संघ दृस्टिपथ सम्म पुगी संस्थाले उक्त स्वास्थ्य सुरक्षा सामाग्री वितरण गरकाे हाे ।

संस्थाले तीन ओटै स्थानमा गरी ६१ जना दृस्टिबिहिन अपाङ्गता भएको ब्यक्तिहरुलाइ माक्स, सेनिटाइजर, हेन्डवास र सेनिटरी प्याड लगायतका स्वास्थ्य सुरक्षा सामाग्री वितरण गरिएको थियो । अघिल्लो बर्षको पहिलो चरणको लकडाउनमा समेत यस संस्थाले राहात तथा सुरक्षा सामाग्री वितरण गरेको संस्थाका कोषाध्यक्ष कमला पौडेलले जानकारी दिइन् ।

नेत्रहीन युवा संघ रुपन्देहीका अध्यक्ष टिकाराम पौडेल अध्यक्षता एवम्  बुटवल टुडे राष्ट्रिय दैनिकका प्रमुख सम्पादक तथा बरिष्ठ पत्रकार कृष्ण खनालकाे प्रमुख अतिथ्यतामा भएकाे कार्यक्रममा नेपाल नेत्रहीन संघ रुपन्देही श्रवणदृस्टि बिहिन परियोजनाका एजुकेटर लक्ष्मी जिसी, लुम्बिनी अपाङ्ग अनाथ आश्रमका उप-संयाेजक लिलाराम रोका, रुपन्देही दृस्टिबिहिन संरक्षण संघका संयोजक पदमबहादुर नेपाल, आयोजक सस्थाका कोषाध्यक्ष कमला पौडेल, सदस्य गंगा भुसाल, रामबहादुर थापा र सहयोगी बिष्णु ढकाल लगायतकाे बिशेष उपस्थिति रहेको थियो ।

साे अवसरमा बोल्दै सस्थाका अध्यक्ष टिकाराम पौडेलले नेत्रहीन युवा संघ सदैब दृस्टिबिहिन अपाङ्गता भएको ब्यक्तिहरुको सुखदुखको साथी बन्ने प्रयास गरेको र आगामी दिनहरुमा यस संस्थाले सबैलाइ समेटेर कार्यक्रमहरु योजना बनाउने र लागू गर्ने बताएका थिए । कार्यक्रमकाे सञ्चालन सस्थाका उपाध्यक्ष जीवन पोखरेलले गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे