देशभर शनिबार थप २,६२४ जनामा कोरोना सङ्क्रमण पुष्टि, १,३२० जना संक्रमण मुक्त, २० जनाकाे मृत्यु



देशभर शनिबार थप २,६२४ जनामा कोरोना सङ्क्रमण पुष्टि, १,३२० जना संक्रमण मुक्त, २० जनाकाे मृत्यु

काठमाडाैँ ३० साउन । देशभर शनिबार २ हजार ६ सय २४ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । ८ हजार ६ सय ६७ जनाको पीसीआर र ४ हजार ९ सय ६ जनाको एन्टिजेन गरी १३ हजार ५ सय ७३ जनाको परीक्षण गर्दा २ हजार ६ सय २४ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । यो कुल परीक्षणको १९ दशमलव ३३ प्रतिशत हो ।

शनिबार थपिएका सहित नेपालमा कोरोना सङ्क्रमण पुष्टि हुनेको सङ्ख्या ८ लाख ५ हजार १ सय ९० जना पुगेको छ । यस्तै शनिबार १ हजार ३ सय २० जना निको भएसँगै कोरोना सङ्क्रमणमुक्त हुनेको सङ्ख्या ६ लाख ८० हजार ८ सय १५ जना पुगेको छ ।

थप २० जनाले कोरोना सङ्क्रमणका कारण ज्यान गुमाएका छन् । योसहित कोरोना भाइरसको सङ्क्रमणले ज्यान गुमाउनेको सङ्ख्या १० हजार २ सय ५९ जना पुगेको छ । अहिले नेपालमा ३९ हजार ४ सय ५ जना सक्रिय सङ्क्रमित रहेका छन् । सक्रिय सङ्क्रमितमध्ये ७ सय ६० जनाको आईसीयू र १ सय ८६ जनाको भेन्टिलेटरमा उपचार भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे