लुम्बिनी प्रदेशसभाको अधिवेशन भदौ १ गतेका लागि आह्वान



लुम्बिनी प्रदेशसभाको अधिवेशन भदौ १ गतेका लागि आह्वान

बुटवल ३० साउन । लुम्बिनी प्रदेश सभाको नवौं अधिवेशन भदौ १ गते आह्वान गरिएको छ । प्रदेश प्रमुख अमिक शेरचनले भदौ १ गते दिउँसो १ बजेका लागि अधिवेशन आह्वान गरेको प्रदेशसभा सचिवालयले बताएको छ ।

यसअघिको सरकारले असार ३१ गते राति अधिवेशन अन्त्य गरी अध्यादेशबाट बजेट ल्याएको थियो । त्यसपछि चार दलले तत्कालिन मुख्यमन्त्री शंकर पोखरेलविरुद्ध अविश्वास प्रस्तावमाथि छलफलका लागि विशेष अधिवेशन माग गरेका थिए ।तर अविश्वास प्रस्ताव निर्णयार्थ पेश हुनुअघि नै पोखरेलले राजीनामा दिएका थिए ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे