दाङको घोराहीमा शहिद नेत्रलाल अभागीको शालिक अनाबरण



दाङको घोराहीमा शहिद नेत्रलाल अभागीको शालिक अनाबरण

घोराही ३० साउन । दाङको घोराहीमा शहिद नेत्रलाल अभागीको शालिक अनाबरण गरिएको छ । घोराही उपमहानगरपालिका १५ सिटि प्लाजा होटल अगाडीको चोकमा स्थापना गरिएको अभागीको शालिकको नेकपा एमालेका स्थायी कमिटी सदस्य एवं लुम्बिनी प्रदेशका पूर्ब मुख्यमन्त्री शंकर पोख्रेलले अनाबरण गरेका हुन् ।

घोराही उपमहानगरपालिकाले केही महिना पहिले उक्त स्थानमा कम्युनिष्ट नेता अभागीको शालिक राख्न दिने निणर्य गरे अनुसार उपमहानगरपालिकामा लुम्बिनी प्रदेश सरकारले पठाएको १५ लाख रुपैयाँले शालिक बनाईएको हो ।

शालिक निर्माण उपभोक्ता समितिका अध्यक्ष कमलप्रसाद भटराईको अध्यक्षतामा कार्यक्रममा गरि पूर्ब मुख्यमन्त्री पोख्रेलले शालिकको अनाबरण गरेका हुन । कार्यक्रममा पोख्रेलले शहिदको सम्मान र आदर्शको सुरुवात भएको बताएका छन ।

शहिदका बलिदान र त्याग माथी राजनितिक स्वार्थ मात्रै गाँजिएको भन्दै उहाँले अबसरबादी प्रबृत्तीको हावी भएको उल्लेख गरेका छन । राजनितिक नेतृत्वमा जनता सँग गरेको बाचा भूलेर स्वार्थ केन्द्रित गठबन्धन देखा परेको टिप्पणि गरेका छन ।

नेकपा एमालेका नेता समेत रहनुभएका पोख्रेलले अहिलेको सरकार अदालतबाट बनेको भन्दै नीति र गन्तव्यहिन अबस्थामा रहेको आरोप लगाए । कार्यक्रममा घोराही उपमहानगरपालिकाका प्रमुख नरुलाल चौधरीले कम्युनिष्ट आन्दोलनका धरोहर नेत्रलाल अभागीको योगदानलाई जिवन्त राख्न शालिक विम्बकोरुपमा रहने बताएका छन ।

२००१ साल पुस २७ गते दाङको तत्कालिन धर्ना गाविस २ सिसैपुर गाउँमा जन्मिएका नेत्रलालले २०३६ को दाङको किसान आन्दोलनको नेतृत्व गरेका थिए । अभागीले शोषक सामन्तीहरुलाई मोसो दल्ने जस्ता जनकार्वाहीको अगुवाइ समेत गरेका थिए ।

आफ्नो जीवन पार्टी र समाज परिवर्तनका लागि लगाउनुभएका अभागी २०४१ साल जेठ ६ गतेका दिन पार्टी कामका लागि देउखुरी जाँदै गर्दा तत्कालिन चैलाही गाविस सुकेखोलाको किनारमा मृत भेटिएका थिए ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे