राप्ती नदीमा करिव ४ क्वइन्टलको गोही भेटियो



राप्ती नदीमा करिव ४ क्वइन्टलको गोही भेटियो

देउखुरी २९ साउन । दाङ देउखुरी स्थित राप्ती नदीमा आज बेलुका गोही फेला परेको छ । लमही नगरपालिका वडा नम्बर ९ अमिलिया फिरिङ्गी तथा सिरिङ्गी खोला राप्ती नदी दोभानमा बेलुका ६ बजेको समयमा गोही फेला परेको हो ।स्थानीय श्रीराम दहितले दिएको जानकारी अनुसार उक्त गोही करिव ७÷८ मिटर लम्बाई र करिव ३÷४ क्वइन्टलको हुन सक्ने बताए । उक्त गोही नदी दोभानबाट पुन नदीमा गएको दहितले जानकारी दिएका छन् । राप्ती नदीमा गोही भेटिए पछि सर्तक रहन स्थानीयले आग्रह गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे