अबको केही दिन देशभर मनसुन थप सक्रिय हुने



अबको केही दिन देशभर मनसुन थप सक्रिय हुने

काठमाण्डाै ३० साउन । अबको केही दिन मनसुन थप सक्रिय हुने मौसमविद्ले बताएका छन् । मनसुनी न्यूनचापीय रेखाको प्रभावले अबको केही दिन मनसुन थप सक्रिय हुने मौसमविद् वरुण पौडेलले जानकारी दिए ।

प्रदेश एक, दुई, लुम्बिनी र सुदूरपश्चिम प्रदेशमा गए राति देखि नै लगातार पानी परिरहेको छ । अरु ठाउँमा बद्ली भएको छ । दिउँसोपछि देशका सबैजसो भूभागमा  हल्कादेखि भारी वर्षाको सम्भावना रहेको मौसमविद् पौडेलले बताए ।

अबको तीन/चार दिन लगातारजस्तै पानी पर्ने भएकाले बाढी, पहिरो, डुबान लगायतका जोखिम हुन सक्ने भएकाले सावधानी अपनाउन मौसमविद्ले आग्रहसमेत गरेका छन्  । विशेषगरी भिरालो जमिन र नदी तटीय क्षेत्रका बासिन्दालाई सावधानी अपनाउन मौसमविद् पौडेलले आग्रह गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे