देउखुरीकाे भालुवाङमा प्रत्येक महिनाको अन्तिम शनिवार निःशुल्क आँखा उपचार सेवा सुरु



देउखुरीकाे भालुवाङमा प्रत्येक महिनाको अन्तिम शनिवार निःशुल्क आँखा उपचार सेवा सुरु

भालुवाङ २९ साउन ।  देउखुरीकाे राप्ती गाउँपालिका वडा नं १ को कार्यालय भालुवाङमा हरेक महिनाको अन्तिम शनिवार निःशुल्क आँखा उपचार सेवा सुरु भएको छ । लमही स्थीत नेपाल नेत्रजोती संघ लमही आँखा अस्पताल र राप्ती गाउँपालिकाको सहकार्यमा निःशुल्क आँखा उपचार सुरु गर्ने सहमति भए अनुसार विशिषज्ञ सहितको आँखा उपचार गरिने ब्यवस्था मिलाईएको वडा नं १ का वडाध्यक्ष ताराबहादुर डिसीले जानकारी दिए ।

हरेक महिना को अन्तिम शनिबार निःशुल्क आँखा उपचार सेवा सञ्चालन हुन गइरहेको लेबेलैमा आँखा का बिरामी हरुले सम्पर्क गरी उपचार गराउन  वडाध्यक्ष ताराबहादुर डिसीले सबैमा अनुरोध गरेका छन् । महिनाको अन्तिम शनिवार उपलब्ध हुने सेवाहरुमा आँखा जाँच, चश्मा जाँच, चश्मा तथा औषधि, माइनर अप्रेसन तथा अन्य सेवाहरुरहेको बताईएको छ । यो सेवा साउन महिनाको अन्तिम शनिवार साउन ३० गते शिनबार परेकोले आँखाका बिरामीहरुले वडा नं १ का कार्यालयमा सम्पर्क गर्न अनुरोध गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे