दाङमा पुन कोरोना संक्रमण बढ्दै, आज थप २० जनामा संक्रमण पुष्टि



दाङमा पुन कोरोना संक्रमण बढ्दै, आज थप २० जनामा संक्रमण पुष्टि

दाङ २९ साउन ।  दाङमा आज थप २० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । राप्ती स्वास्थ्य बिज्ञान प्रतिष्ठान घोराहीमा ५२ जनामा गरिएको पिसिआर परिक्षणमा १० जना पुरुष र १० जना महिला गरी २० जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

लकडाउनको मोडालिटी परिवर्तन भएसँगै दाङमा पुनः दैनिक कोरोना संक्रमितको संख्या तीब्र रुपमा बढ्न थालेको छ । आज संक्रमित हुनेहरुमा घोराहीका ९ जना, लमहीका ४ जना, तुलसीपुरका ३ जना, बबईका २ जना, शान्तिनगर र बंगलाचुलीका एक जना रहेको जिल्ला आपतकालिन कार्य सञ्चालन केन्द्र दाङले जनाएको छ ।

त्यस्तै आज थपिएका सहित जिल्लामा अहिले सक्रिय संक्रमितको संख्या १ सय ४४ पुगेको छ । ति मध्य १ सय २० जना होमआइसोलेसन, अक्सिजन सहितको उपचारमा १६ जना र आईसियूमा ८ जना उपचाररत छन् ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे