दाङका डिल्लीबहादुर चौधरी शहरी तथा ग्रामिण बिकास मन्त्री, बिमला वली पनि मन्त्री बन्ने निश्चित



दाङका डिल्लीबहादुर चौधरी शहरी तथा ग्रामिण बिकास मन्त्री, बिमला वली पनि मन्त्री बन्ने निश्चित

दाङ २८ साउन । डिल्लीबहादुर चौधरी लुम्बिनी प्रदेशको शहरी तथा ग्रामिण विकास मन्त्रीमा नियुक्त भएका छन् । बिहीबार उनी मन्त्री बनेका हुन । चौधरीले नेपाली काँग्रेसको तर्फबाट दाङको निर्वाचन क्षेत्र नं. ३ (क) बाट निर्वाचित भएका थिए ।

त्यस्तै दाङकै बिमला खत्री ओलीपनि मन्त्री बन्ने पक्का भएको छ । उनको मन्त्रालय भने टुङ्गो लागि नसकेको स्रोतले बताएको छ । ओली दाङको निर्वाचन क्षेत्र नं. ३ (ख) बाट गत मंसिरमा भएको उपनिर्वाचनको क्रममा निर्वाचित भएकी थिइन् । यो बाहेक अजय शाही, सहसराम यादव, सुमन शर्मा रायमाझी, कृष्णध्वज खड्का, पुर्मती ढेंगापनि मन्त्री बन्ने निश्चित रहेको स्रोतले बताएको छ ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे