नेपाल तेक्वान्दो संघको पाँचौ अधिवेशनबाट संघको अध्यक्षमा पत्रकार विष्णु अधिकारी चयन



नेपाल तेक्वान्दो संघको पाँचौ अधिवेशनबाट संघको अध्यक्षमा पत्रकार विष्णु अधिकारी चयन

घोराही २८ साउन । नेपाल तेक्वान्दो संघको पाचौ अधिवेशनबाट संघको अध्यक्षमा पत्रकार विष्णु अधिकारी चयन भएका छन । संघको बिहिबार बेलझुण्डीमा सम्पन्न पाँचौ अधिवेशनले अधिकारीको अध्यक्षतामा नयाँ कार्य समिति सर्व सहमतिमा चयन गरिएको हो । अधिकारी रेडियो मध्यपश्चिमका स्टेशन म्यानेजर हुन् ।

संघको वरिष्ठ उपाध्यक्षमा किरण विक्रम शाह, उपाध्यक्षमा तिलक झाक्री, सचिवमा बमबहादुर विश्वकर्मा, कोषाध्यक्षमा सुरज केसी रहेका छन । त्यसैगरी सदस्यहरुमा विकास नेपाली,सुनिता विष्ट, स्वागत परियार, रेशम चौधरी, प्रतिज्ञा भण्डारी, ऋषिराम चौधरी, राजेन्द्र विश्वकर्मा, वसन्ती चौधरी रहेकी छिन ।

संघका अध्यक्ष सुभाषचन्द्र केसीको अध्यक्षता एवम तेक्वान्दो संघ लुम्बिनीका अध्यक्ष विमल रिजालको प्रमुख आतिथ्यतामा साधारण सभा सम्पन्न भएको हो । कार्यक्रमका प्रमुख अतिथि रिजालले युवा पुस्ताहरुलाई खेलक्षेत्रमा आकर्षण गर्न सके कुलतबाट बचाउन सकिने बताएका छन ।

कार्यक्रममा दाङ जिल्ला खेलकुद विकास समितिका कार्यालय प्रमुख पद्मा चौधरी, लुम्बिनी प्रदेश तेक्वान्दो संघका उपाध्यक्ष जीतबहादुर केसी, कोषाध्यक्ष मोहन सुनार, दाङका पूर्व सचिव राकेश परियार लगायतकाले मन्तव्य व्यक्त गरेका थिए । वरिष्ठ उपाध्यक्ष विष्णु अधिकारीको स्वागत मन्तव्यबाट शुरु भएको कार्यक्रमको सञ्चालन किरणविक्रम शाहले गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे