लेनदेन मुद्धाका फरार अभियुक्त एक बर्ष पछि पक्राउ



लेनदेन मुद्धाका फरार अभियुक्त एक बर्ष पछि पक्राउ

दाङ २८ साउन । दाङ प्रहरीले लेनदेन मुद्धाका फरार अभियुक्तलाई एक बर्ष पछि पक्राउ गरेको छ । पक्राउ पर्नेमा तुलसीपुर उपमहानगरपालिका वडा नं. ६ गौरी शंकर बस्ने ३४ बर्षीया उषा केसी रहेको जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी नायव उपरिक्षक मुकुन्द रिजालले बताए ।

फरार केसीलाई दाङ देउखुरी जिल्ला अदालतले २०७७ साउन ४ गते २ बर्षको कैद फैसला सुनाएको थियो । अदालतको फैसला पछि फरार रहेकी केसीलाई लुकीछिपी बसेको अवस्थामा तुलसीपुर ६ बाट बिहीबार बिहान साढे नौ बजे प्रहरीले पक्राउ गरेको हो । उनलाई अहिले दाङ देउखुरी जिल्ला अदालतमा बुझाएको प्रहरीले बताएको छ ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे