लागुऔषधको अवैध कारोबार गरेको आरोपमा दाङकाे तुलसीपुरबाट दुई जना पक्राउ



लागुऔषधको अवैध कारोबार गरेको आरोपमा दाङकाे तुलसीपुरबाट दुई जना पक्राउ

दाङ २३ साउन २३ । लागुऔषधको अवैध कारोबार गरेको आरोपमा दाङमा दुईजना पक्राउ परेका छन् । जिल्लाकाे तुलसीपुर ६ स्थित बाहिनी चाेकबाट  २८ वर्षिया लक्ष्मी श्रेष्ठ र २१ वर्षिय अरविन्द्रसिंह ठकुरीलाई  पक्राउ गरेकाे इलाका प्रहरी कार्यालय तुलसीपुरले जनाएकाे छ ।

इलाका प्रहरी कार्यालयका प्रमुख डीएसपी श्यामु अर्यालका अनुसार पक्राउ परेकी श्रेष्ठले तुलसीपुर उपमहानगरपालिका–६ स्थित बाहिनी चोकमा सानो संसार  होटेल सञ्चालन गर्दै आएकी थिइन् । प्रहरीले उनलाई शुक्रबार होटेलबाटै पक्राउ गरेको हो । त्यस्तै, पक्राउ परेका ठकुरी सल्यानको सिद्धकुमाख गाउँपालिका–७ का बासिन्दा हुन् ।

श्रेष्ठ र ठकुरी मिलेर तुलसीपुरमा लामो समयदेखि अवैद्य रूपमा लागुऔषधको कारोबार गर्दै आएको खुलासा भएको प्रहरीले जनाएको छ । ठकुरीलाई शुक्रबारै नेपालगन्जबाट पक्राउ गरिएको थियो ।

उनीहरुको साथबाट कुनै पनि लागुऔषध भने फेला नपरेको डीएसपी अर्यालले बताए । “हामीले जतिलाई पक्राउ गरेका छौँ, ती सबैले श्रेष्ठ र ठकुरीकै नाम लिएपछि पक्राउ गरेका हौँ,” उनले भने ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे