अन्तर्राष्ट्रिय युवा दिवस २०२१ को सप्ताहव्यापी कार्यक्रमकाे दोस्रो दिन तुलसीपुरका युवाहरुले गरे रक्तदान



अन्तर्राष्ट्रिय युवा दिवस २०२१ को सप्ताहव्यापी कार्यक्रमकाे दोस्रो दिन तुलसीपुरका युवाहरुले गरे रक्तदान

तुलसीपुर २३ साउन अन्तर्राष्ट्रिय युवा दिवस २०२१ को सप्ताहव्यापी कार्यक्रमको आज दोस्रो दिन तुलसीपुरका युवाहरुले रक्तदान कार्यक्रम गरी मनाएका छन् । “खाद्यमा रुपान्तरण : मानव र भुमण्डलीय स्वास्थ्यका लागि युवा नवप्रर्वद्धन’’ भन्ने मुल नाराका साथ अन्तर्राष्ट्रिय युवा दिवस २०२१ को सप्ताहव्यापी कार्यक्रम अन्र्तगत तुलसीपुरका युवाहरुले तुलसीपुर ब्लड बैंकमा रक्तदान कार्यक्रम गरी मनाएका हुन् ।

नेपाल स्काउट तुलसीपुरका अध्यक्ष छवि कुमार ओलीको अध्यक्षता एवम् जिल्ला युवा समिति (डिवाइसी) दाङका अध्यक्ष सुरेश रावतको प्रमुख आतिथ्यतामा उक्त रक्तदान कार्यक्रम सम्पन्न भएको हो । नेपाल परिवार नियोजन संघका प्रबन्धक बसन्त खनालको स्वागत मन्तव्यबाट शुरु भएको कार्यक्रममा समाजसेवी केशव सापकोटा, नेपाल स्काउटका लुम्बिनी प्रदेश सदस्य रबिन ओली, रेडक्रस सोसाइटी दाङका भिमलाल मरासिनी, पत्रकार गणेश आचार्य लागाएतले बोलेका थिए ।

कार्यक्रममा जिल्ला युवा समिति (डिवाइसी) दाङका अध्यक्ष सुरेश कुमार रावत, समाजसेवी केशव सापकोटा, पत्रकार गणेश आचार्य, गोबिन्द केसी, मदन बस्नेत, योगेश मल्ल, सुवर्ण ओली, धर्म ओली, लोकेन्द्र ओली, सुन्दर भण्डारी, ईश्वर केसी, सागर खड्का, रोशन खत्री, हिमाल ओली, प्रतीक्षा अधिकारी, खेमराज डाँगी, हुमलाल बस्याल, रुद्र ढकाल, गंगाराम केसी, विशाल डाँगी, सृष्टि बोहरा, चेत बहादुर केसी, अमित आचार्य, हिमलाल चौधरी लगाएतले रक्तदान गरेका थिए । उक्त कार्यक्रमको सहजीकरण ग्रीन फाउन्डेसन नेपाल (जीएफएन) दाङका कार्यक्रम संयोजक तेज राज ओलीले गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे