बबई गाउँपालिकाले भुमिहिन सुकुम्बासीहरुलाई लालपुर्जा वितरण गरेरै छाड्ने अध्यक्ष पाैडेलकाे भनाइ



बबई गाउँपालिकाले भुमिहिन सुकुम्बासीहरुलाई लालपुर्जा वितरण गरेरै छाड्ने अध्यक्ष पाैडेलकाे भनाइ

दाङ २३ साउन ।  दाङको बबई गाउँपालिकाले भुमिहिन सुकुम्बासीहरुलाई लालपुर्जा वितरण गरेरै छाड्ने जनाएको छ । गाउँपालिकाले आज पत्रकार सम्मेलन गर्दै अध्यक्ष भुवनेश्वर पौडेलले जसरी भएपनि पुर्जा वितरणको काम पुरा गर्ने बताएका छन् ।

वर्तमान सरकारले सबैभन्दा पहिला सुकुम्बासीहरु माथि प्रहार गरेको भन्दै भुमि आयोग खारेज हुनु दुखद भएको बताए । साढे ७ हजारभन्दा धेरै घरधुरी रहेको गाउँपालिकामा ६२ सय घरधुरी भुमिहिन सुकुम्बासी रहेको भन्दै स्थानिय तहले कानुनी प्रक्रिया भित्र रहेर काम अगाडी बढाउने अध्यक्ष पौडेलले दावी गरे ।

भुमिहिन दलित, भुमिहीन सुकुम्बासी र अव्यवस्थित जनताको लगत संकलन गरी पुर्जा वितरण गर्ने कार्य अन्तिम चरणमा पुगेको अवस्थामा आयोज खारेज हुदा आफूहरु चुप नबस्ने उहाँले बताउनुभयो । भुमिहिन दलित, भुमिहीन सुकुम्बासी र अव्यवस्थित जनताहरुलाई लालपुर्जा वितरण गर्ने वातावरण नभएमा आफुहरुले आन्दोलनका कार्यक्रम गर्ने उहाको भनाई छ ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे