दाङमा गौबध मुद्दामा फरार एक जना पक्राउ



दाङमा गौबध मुद्दामा फरार एक जना पक्राउ

घोराही १९ साउन ।  दाङमा गौबध मुद्दामा फरार एक जनालाई प्रहरीले पक्राउ गरेको छ । गौबध मुद्दामा फरार रहेका घोराही उपमहानगरपालिका वडा नं ५ धर्ना बस्ने ४८ बर्षीय निमबहादुर सार्कीलाई सोही ठाउँमा लुकिछिपी बसेको अवस्थामा पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय दाङका डिएसपी मुकुन्द प्रसाद रिजालले जानकारी दिए ।

उनि विरुद्ध दाङ देउखुरी जिल्ला अदालतले २०७७ माघ २० गते गौबध मुद्दामा दोषी ठहर गर्दै १ बर्ष ६ महिना कैद सजाय सुनाएको थियो । पक्राउ परेका अभियुक्तलाई कैद भुक्तानका लागि अदालतमा बुझाईएको डिएसपी रिजालले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे