टेङ्नैया बाबाधाममा शिव र गणेश भगवानको मुर्ती स्थापना



टेङ्नैया बाबाधाममा शिव र गणेश भगवानको मुर्ती स्थापना

लमही १९ साउन । लमही नगरपालिका वडा नम्बर ८ स्थित टेङ्नैया बाबा धाम धार्मिक तथा पर्यटकीय क्षेत्रमा शिव र गणेश भगवानको मुर्ती स्थापना गरिएको छ । सोमवार लुम्बिनी प्रदेश सभा सदस्य रेवतीरमण शर्मा, लमही नगरपालिकाका प्रमुख कुलबहादुर केसी, उपप्रमुख देवका बेल्वासेले स्थापना गरिएको शिव र गणेश भगवानको मुर्तीको प्राण प्रतिष्ठा गरेका हुन ।

भक्तजनहरुको उपस्थितीमा मुर्तीको प्राण प्रतिष्ठा गरिएको हो । अहिले टेङ्नैया बाबा धाममा पर्यटकहरुको आकर्षण बढ्दो छ । हेर्न लायक क्षेत्र भएपछी भक्तजन हरुको उपस्थिती बढेको टेङ्नैया बाबा धार्मिक विकास क्षेत्र समितिका अध्यक्ष डिल्लीबहादुर खड्काले बताए । टेङ्नैया बाबा धाम पुर्ब पश्चिम राजमार्गको निम्बुखुटी देखि दक्षिण तर्फ लेकको फेदीमा अबस्थित छ ।

धामको आकर्षकमा जँगल, खोला, गुफा, सँरचना लगायतको उत्तिकै भुमिका छ । पछिल्लो समय धार्मिक पर्यटकिय गन्तव्य बन्दै गईरहेको छ । स्थापना गरिएको भगबानका मुर्तीले थप आकर्षक थप्दै भक्तालु हरुको घुँईचो बढ्ने बिश्वास गरिएको छ । कार्यक्रममा प्रदेश शभा सदस्य रेवतीरमण शर्माले यहाँको महत्वको बारेमा सबै माझ पुर्याउन प्रचार गर्नुपर्ने आबस्यक अौँल्याए । उनले भने पर्यटन संग जोडेर अन्य जिल्लाका भक्तजनहरुलाई पनि यहाँको भ्रमण गराउने गरी योजना बनाउन आवश्यक छ । नगर प्रमुख कुलबहादुर केसीले धारपानीको पाण्डवेश्वर मन्दिर संग टेङ्नैया बाबा धामलाई जोड्न पहल गर्ने बताए ।

कार्यक्रममा वडा नं. ८ का वडा अध्यक्ष मेघनारायण चौधरी, कार्यपालिका सदस्य राधा केसी, नारायणी खड्का, वडा सदस्य देवा परियार, सुनमाली विक, राजकुमार चौधरी, गणेश चौधरी लगायतको सहभागीता रहेको थियो । टेङ्नैया बाबा धामको विकासका निम्ति लुम्बिनी प्रदेश सरकारले पर्यटन डिजिभन कार्यालय बाँके बाट गत आर्थिक बर्षमा पर्यटन तथा पूर्वाधार निर्माण तर्फ १९ लाख र उपभोक्ताको ३ लाख ८० हजार गरी जम्मा २२ लाख ८० हजार रुपैयाँको लागतमा गुफाको संरक्षण, खोलामा तटबन्ध, खोला माथी गणेश भगवानको मन्दिर स्थापना गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे