काठमाण्डौमा भीडभाड रोक्न आजदेखि अनुगमन, मास्क नलगाउनेलाई कारबाही



काठमाण्डौमा भीडभाड रोक्न आजदेखि अनुगमन, मास्क नलगाउनेलाई कारबाही

काठमाण्डाै १९ साउन । कोरोना सङ्क्रमण बढिरहे पनि भीडभाड नरोकिए पछि काठमाण्डौ उपत्यकामा अनुगमन हुने भएको छ । अनुगमनका लागि सहायक प्रमुख जिल्ला अधिकारीको संयोजकत्वमा निषेधाज्ञा अनुगमन समिति गठन भएको छ।

समितिले आजैदेखि उपत्यकामा अनुगमन थाल्ने काठमाण्डौका प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुलीले जानकारी दिए । उनका अनुसार बढी भीडभाड  हुने क्षेत्र र सार्वजनिक गाडीलाई प्राथमिकतामा राखेर अनुगमन हुनेछ । अनुगमनका क्रममा मास्क नलगाइएको पाइए कारबाही हुने पनि उनले बताए ।

‘मास्क नलगाएकाहरुलाई पहिला मास्क लगाउन प्रोत्साहन गर्छाैँ, तर फेरि अटेर गरेको पाइए कारबाही हुन्छ’ उनले भने । यस्तै, कोरोना रोकथामका लागि भन्दै काठमाण्डौ उपत्यकामा फेरि निषेधाज्ञालाई लम्ब्याउने तयारी भएको छ ।

यस विषयमा आज बस्ने कोभिड-१९ सङ्कट व्यवस्थापन केन्द्र निर्देशक समिति सीसीएमसीको बैठकमा छलफल हुनेछ । त्यसपछि भोलि बस्ने उपत्यकाका तीनै प्रमुख जिल्ला अधिकारीको बैठकले निषेधाज्ञा बारे निर्णय गर्नेछ । काठमाण्डौ उपत्यकामा पछिल्लो पटक थपिएको निषेधाज्ञा भोलि सकिँदै छ ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे