दाङका ७ वटा वडालाई जडिबुटीको पकेट क्षेत्रका रुपमा विकास गरिदै



दाङका ७ वटा वडालाई जडिबुटीको पकेट क्षेत्रका रुपमा विकास गरिदै

दाङ १६ साउन । दाङका दुई स्थानिय तहका ७ वटा वडालाई जडिबुटीको पकेट क्षेत्रकारुपमा बिकास गर्न थालिएको छ । डिभिजन वन कार्यालय घोराही दाङले घोराही उपमहानगरपालिकाको वडा नम्बर १८ र १९ तथा बंगलाचुली गाउँपालिकाको वडा नम्बर १ देखी ५ सम्मलाई जडिबुटीको पकेट क्षेत्रमारुपमा विकास गर्न थालेको हो ।

ति ७ वटा वडामा यस बर्ष सहकारी मार्फत ७१ हजार बढी जडिबुटीका बिरुवा रोपण गरिएको छ । वन कार्यालयले सर्बोत्तम बहुउदेश्यि सहकारी संस्था घोराही सँगको समन्वयमा टिमुर, दालचिनी र मालागेडीका ७१ हजार ३० वटा बिरुवा रोपण गरेको छ ।

२०७५ सालमा पकेट क्षेत्र घोषणा गरि जडिबुटीको व्यवसायी खेती गर्ने अभियान थालेको हो । सहकारी मार्फत यस बर्ष पकेट क्षेत्रमा गरिएको जडिबुटी खेती विस्तार कार्यक्रमका बिषयमा आज छलफल समेत गरिएको छ ।

सहकारीका अध्यक्ष धु्रबराज पौडेलको अध्यक्षता एवं वन कार्यालयका प्रमुख विजयराज सुबेदीको प्रमुख आतिथ्यतामा कार्यक्रम गरी किसानमा व्यवसायीता ल्याउन यो कार्यक्रम सञ्चालन गरिएको जानकारी गराईएको हो ।

यसबर्ष ७१ हजार ३० र गत बर्ष ७५ हजार बढी जडिबुटीका बिरुवाहरु रोपिएको वन कार्यालयका सूचना अधिकारी खिमबहादुर केसीले जानकारी दिनुभयो । २ बर्षको अबधीमा करिब ७ सय किसानहरु जडिबुटी खेतीमा आबद्ध भएको उनको भनाई छ ।

बैकल्पिक आम्दानीको स्रोत बनाउने, खेर गईरहेको जमिनको सदुपयोग गर्ने तथा मानव र वन्यजन्तु बिचको द्धन्द्धलाई घटाई व्यवसायीकरुपमा जडिबुटी खेतीलाई प्रबद्र्धन गर्ने उदेश्य रहेको उहाँले जानकारी दिनुभयो ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे