देउखुरी गढवाका पत्रकार ऋषि यादव प्रेस चौतारीमा प्रवेश



देउखुरी गढवाका पत्रकार ऋषि यादव प्रेस चौतारीमा प्रवेश

दाङ १६ साउन । देउखुरीकाे गढवा निवासी पत्रकार ऋषि यादव पत्रकारहरुको संगठन प्रेस चौतारीमा प्रवेश गरेका छन्। नेपाल पत्रकार महासंघ दाङको निर्वाचनमा चौतारीको प्यानलबाट कार्यसमितिमा उम्मेदवार समेत रहेका यादव दाङको देउखुरीमा रहेर पत्रकारिता गर्दै आएका छन्।

प्रेस चौतरीले सञ्चार क्षेत्रको समग्र विकासका लागि नेतृत्वदायी भूमिका निर्वाह गरिरहेकाले चौतारीमा प्रवेश गरेको यादवको भनाई छ । प्रदेश चौतारीका केन्द्रीय उपाध्यक्ष सविन प्रियासनले उहाँलाई आज एका कार्यक्रमका बीच दोसल्ला ओढाएर चौतारीमा प्रवेश गराएकाे हाे । पत्रकार यादवले देउखुरीमा रहेको रेडियो देउखुरी, रेडियो हाइवे लगायतमा काम गरिसकेका छन्।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे