लमहीका बोहरा दम्पतीद्धारा गौशालालाई आर्थिक सहयोग



लमहीका बोहरा दम्पतीद्धारा गौशालालाई आर्थिक सहयोग

लमही १६ साउन । लमही नगरपालिका वडा नम्बर ५ निवासी युनिक मोबाईल सेन्टरका संचालक नुमाकान्त बोहरा र उनकी धर्मपत्नी बिमला शर्मा बोहराले गौशालालाई आर्थिक सहयोग गरेका छन् । लमही नगरपालिका वडा नम्बर ८ को टेङ्नैयामा रहेको गौशाला र वडा नम्बर ९ को लौरी रिहारमा रहेको गौशालालाई करिब १५ हजार बराबरको नगद आर्थिक सहयोग गरेका हुन् ।

बोहरा दम्पतीले टेङ्नैयामा जनक बुढामगर, लौरी रिहार समितिका उपाध्यक्ष नरबहादुर रावत, सचिव कोटीलाल कवँरलाई रकम प्रदान गरेका हुन् । गौशालामा भएका गाईहरुलाई खुवाउने घाँस, पराल, दाना नभएको जानकारी पाएपछि सानो सहयोग गरौं भनेर टेङ्नैया र लौरी रिहार पुगेरै समितिका जिम्मेवार व्यक्तिलाई नगद रकम प्रदान गरेको नुमाकान्त बोहराले बताए । व्यवसायी बोहराले लकडाउनका समयमा विभिन्न स्थानमा पुगेर स्वास्थ्यका सामाग्री समेत बाँडेका थिए ।

उनी देउखुरी उद्योग वाणिज्य संघ लमहीका वर्तमान सदस्य पनि हुन् । उनले लमही कोइलाबास सडक पुरानो धर्मशाला नजिकै युनियक मोबाईल सेन्टरबाट बिगत लामो समयदेखि सेवा दिदै आएका छन् भने भर्खर गोलघर अघि मीन भवनबाट पनि सेवा सुचारु गरेका छन् । त्यस्तै युनियक मोबाईल सेन्टरले दक्षिण देउखुरीको गढवाबाट पनि ग्राहकलाई सेवा दिदै आएको छ ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे