शुक्रबार देशभर ३ हजार ६ सय ११ जनामा कोरोना सङ्क्रमण पुष्टि, १ हजार ८ सय १६ जना सङ्क्रमणमुक्त



शुक्रबार देशभर ३ हजार ६ सय ११ जनामा कोरोना सङ्क्रमण पुष्टि, १ हजार ८ सय १६ जना सङ्क्रमणमुक्त

काठमाण्डाै १५ साउन । पछिल्लो २४ घण्टामा तीन हजार ६ सय ११ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । नौ हजार सात सय ८३ जनाको पीसीआर र चार हजार आठ सय ७८ जनाको एन्टिजेन गरी १४ हजार ६ सय ६१ जनाको नमुना परीक्षण गर्दा तीन हजार ६ सय ११ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।

यो कुल परिक्षणको झन्डै २५ प्रतिशत हो । आज थपिएकासहित नेपालमा कोरोना सङ्क्रमण पुष्टि हुनेको सङ्ख्या सात लाख ५३ हजार ६ सय ३३ जना पुगेको छ । यस्तै पछिल्लो २४ घण्टामा एक हजार आठ सय १६ जना सङ्क्रमणमुक्त भएसँगै निको हुनेको सङ्ख्या ६ लाख ५२ हजार दुई सय ६१ पुगेको छ ।

यही अवधिमा थप २७ जनाले कोरोना सङ्क्रमणका कारण ज्यान गुमाएका छन् । योसहित कोरोना सङ्क्रमणबाट ज्यान गुमाउनेको सङ्ख्या नौ हजार आठ सय ३४ जना पुगेको छ ।  अहिले नेपालमा ३१ हजार १४ जना कोरोनाका सक्रिय सङ्क्रमित रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे