दाङमा शुक्रबार थप १९ जनामा कोरोना संक्रमण पुष्टि, २७ जना संक्रमण मुक्त



दाङमा शुक्रबार थप १९ जनामा कोरोना संक्रमण पुष्टि, २७ जना संक्रमण मुक्त

दाङ १५ साउन । दाङमा आज थप १९ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । राप्ती स्वास्थ्य बिज्ञान प्रतिष्ठान घोराहीमा ६० जनामा गरिएको पिसिआर जाँचमा १३ जना महिला र ६ जना पुरुषमा कोरोना पुष्टि भएको हो ।

संक्रमण पुष्टि हुनेमा घोराहीका ११ जना, तुलसीपुरका ७ जना, लमहीका १ जना रहेको जिल्ला आपतकालिन कार्य सञ्चालन केन्द्र दाङले जनाएको छ । त्यस्तै वितेको २४ घण्टामा दाङमा २७ जना कोरोना मुक्त भएका छन् । आज कोरोना मुक्त हुनेमा घोराहीका २०, लमहीका ४, तुलसीपुरका २ र एक जना बबईका रहेका छन् ।

आज थप भएका १९ जना सहित जिल्लामा सकृय विरामीको संख्या एक सय ३५ जना पुगेको छ । ति मध्य एक सय १२ जना घरमा, अक्सिजन सहितको उपचारमा १५ जना र आईसियूमा ८ जना रहेको केन्द्रले जनाएको छ ।

बैशाख यता दाङमा ८ हजार ४ सय ४० जनामा कोरोना देखिएको छ । ति मध्य ८ हजार ९७ जना निको भएका छन् भने २ सय ८ जनाको मृत्यु भएको केन्द्रले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे