आज साउन १५ : रेडियो राप्ती तथा राप्ती टेलिभिजनमा शुभकामना साटासाट तथा खिर खाएर मनाइयाे



आज साउन १५ : रेडियो राप्ती तथा राप्ती टेलिभिजनमा शुभकामना साटासाट तथा  खिर खाएर मनाइयाे

भालुवाङ १५ साउन । आज साउन १५ गते, खिर खाएर मनाइँदै छ । वर्षा ऋतुका बेला असार १५ गते दही, चिउरा र साउन १५ मा खिर खाने प्राचीन कालदेखिको परम्परा रहि आएको छ ।

साउने झरी पर्ने बेलामा तातो खिरले स्वास्थ्यलाई राम्रो गर्ने भएकाले खिर खाने गरिएको हो । दूधमा मरमसलालगायतका चिजबिज हालेर बनाइने खिरले स्वास्थ्यलाई फाइदा गर्ने विश्वास गरिन्छ ।

यसैबीच रेडियो राप्ती तथा राप्ती टेलिभिजनले पनि खीर दिवसको अवसरमा शुभकामना साटासाट गरी साउन १५ अर्थात खिर खाएर दिवस मनाएको छ । स्टेशन म्यानेजर ओमप्रकाश गुप्ताको अध्यक्षता एवम् सञ्चालक समितिका वरिष्ठ उपाध्यक्ष टोपबहादुर कार्कीको प्रमुख आतिथ्यतामा कार्यक्रम भएको हो ।

सो अवसरमा प्रमुख समाचार बाचिका अंशु बोहरा, कार्यक्रम संयोजक विरेन्द्र गिरी, कार्यक्रम प्रस्तोताहरु मधु मल्ल, हुमा सुनार लेखा तथा प्राविधिक प्रमुख अरुण पौडेल, रेडियो राप्तीका शुभचिन्तक लालमणी भुसाल लगायतका वक्ताहरुले शुभकामना मन्तव्य व्यक्त गरेका थिए । कार्यक्रमको सञ्चालन सहायक स्टेशन म्यानेजर तथा सहायक समाचार प्रमुख सन्तोषकुमार गुप्ताले गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे