भारतीय प्रधानमन्त्री मोदीद्वारा मन्त्रिपरिषद् विस्तार



भारतीय प्रधानमन्त्री  मोदीद्वारा मन्त्रिपरिषद् विस्तार

काठमाण्डाै २४ असार । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले मन्त्रिपरिषद् विस्तार गरेका छन् । आफ्नो दोस्रो कार्यकालमा उनले पहिलो पटक मन्त्रिपरिषद् विस्तार गरेका हुन् ।

पुनर्गठित मन्त्रिपरिषद्मा ४३ जना नयाँ मन्त्री अटाएका छन् । यसमध्ये १५ जना ‘क्याबिनेट’ मन्त्री र २८ जना राज्यमन्त्री रहेका भारतीय सञ्चारमाध्यमले जनाएका छन् । योसँगै ७६ सदस्यीय मन्त्रिमण्डल बनेको छ । मध्य प्रदेशमा भाजपा सरकार बनाउन भूमिका खेल्ने ज्योतिरादित्य सिन्धियादलाई पनि मन्त्री बनाइएको छ ।

सबै क्षेत्रको प्रतिनिधित्व हुने गरी मन्त्रिमण्डल पुनर्गठन गरिएको भन्दै मोदीले मन्त्रिमण्डल फेरबदलसँगै अब कार्यशैली पनि बदलिने बताएका छन् । नयाँ मन्त्रिमण्डलले नयाँ जोस र जाँगरका साथ काम गर्ने उनको दाबी छ । मन्त्रिपरिषद् विस्तार अघि प्रधानमन्त्री मोदीले राज्यमन्त्री सहित १२ जना मन्त्रीलाई पदबाट ह६ाएका थिए ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे