दाङमा १ लाख बढी रकम सहित जुवाकाे खालबाट ५ जुवाडे पक्राउ



दाङमा १ लाख बढी रकम सहित जुवाकाे खालबाट ५ जुवाडे पक्राउ

दाङ २३ असार । दाङमा १ लाख बढी रकम सहित जुवाकाे खालबाट ५ जना जुवाडे पक्राउ परेका छन् । बुधवार बेलुका ४:३० बजेको समयमा तुलसीपुर उपमहानगरपालिका वडा नं. १० गैरी गाउँ स्थित झगुप्रसाद बुढाथोकीको घरमा अबैध रुपमा जुवा(तास) खेलिरहेकाे अवस्थामा उनीहरुलाई प्रहरीले पक्राउ गरेकाे हाे ।

गोप्य सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय घोराही दाङ र ईलाका प्रहरी कार्यालय तुलसीपुरबाट गएको संयुक्त प्रहरी टोलीले उक्त स्थानबाट जुवातास खेलिरहेको अबस्थामा उनीकाे साथबाट १ लाख  ४७ हजार १ सय २५ रुपैयाँ नगद, जुवा खेल्न प्रयोग भएको १ गड्डी तास सहित उनीहरुलाई पक्राउ गरिएकाे जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी नायव उपरिक्षक मुकुन्दप्रसाद रिजालले जानकारी दिएका छन् ।

पक्राउ पर्नेहरुमा तुलसीपुर उपमहानगरपालिका वडा नं. १५ बस्ने बर्ष ३७ का खडकबहादुर वली, वडा नं ५ बस्ने बर्ष ३४ का शरण श्रेष्ठ, वडा नं.६ बस्ने बर्ष ४१ का मिनकेतन गिरी, घोराही उपमहानगरपालीका वडा नं.७ बस्ने बर्ष ४१ का बिनाेद खाती र वडा नं.१५ बस्ने बर्ष ३२ का छबि गिरी रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे