साेमबार नेपालमा २ हजार ४ सय ४४ जनामा काेराेना सङ्क्रमण पुष्टि, ३ हजार ८ सय ५३ जना सङ्क्रमण मुक्त



साेमबार नेपालमा २ हजार ४ सय ४४ जनामा काेराेना सङ्क्रमण पुष्टि, ३ हजार ८ सय ५३ जना सङ्क्रमण मुक्त

काठमाण्डाै १४ असार । पछिल्लो २४ घण्टामा नेपालमा दुई हजार चार सय ४४ जनामा कोरोना भाइरसकाे सङ्क्रमण पुष्टि भएको छ । ६ हजार ६ सय ४८ जनाको पीसीआर परीक्षण गर्दा एक हजार पाँच सय नौ जना र चार हजार नौ सय ९२ जनाको एन्टिजेन परीक्षण गर्दा नौ सय ३५ जना गरी दुई हजार चार सय ४४ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।

नेपालमा अहिलेसम्म पीसीआर विधिबाट गरिएको परीक्षणमा ६ लाख ३५ हजार एक सय ८८ जना र एन्टिजेन परीक्षणमा ३३ हजार ३३ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ ।

यस्तै पछिल्लो २४ घण्टामा तीन हजार आठ सय ५३ जना काेराेना सङ्क्रमणबाट मुक्त भएसँगै निको हुनेको सङ्ख्या पाँच लाख ८८ हजार एक सय ८७ पुगेकाे छ । अहिले नेपालमा ३७ हजार नौ सय ५० जना सक्रिय सङ्क्रमित छन् ।

यस्तै काेराेना भाइरसकाे सङ्क्रमणबाट थप ४२ जनाको ज्यान गएसँगै अहिलेसम्म काेराेनाबाट ज्यान गुमाउनेको सङ्ख्या नौ हजार ५१ पुगेको छ ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे