कर्णाली प्रदेश सरकारद्धारा धान दिवसको विदा



कर्णाली प्रदेश सरकारद्धारा धान दिवसको विदा

सुर्खेत  १४ असार । कर्णाली प्रदेश सरकारले असार १५ अर्थात् धान दिवसको दिन सार्वजनिक बिदा दिने भएको छ । प्रदेशको आन्तरिक मामिला तथा कानून मन्त्रालयले सोमबार सूचना जारी गर्दै मंगलबार जुम्लाबाहेकका जिल्लामा सार्वजनिक बिदा हुने जनाएको छ ।

वैशाख १७ गतेको प्रदेश मन्त्रिपरिषद्को निर्णय अनुसार असार १५ गते धान दिवसको अवसरमा सार्वजनिक बिदा दिइएको मन्त्रालयका प्रवक्ता तुलबहादुर खड्काले बताए ।

उहाका अनुसार प्रदेशका १० जिल्लामध्ये जुम्लाबाहेकका सबै सरकारी तथा सार्वजनिक कार्यालय, शैक्षिक संस्था, बैंक तथा वित्तीय संस्थाहरु बन्द हुनेछन् ।असार १५ दही–चिउरा खाएर मनाउने चलन छ ।

यस दिनलाई मानो रोपेर मुरी उब्जाउने दिनका रुपमा समेत लिइन्छ । धान दिवसको दिनमा कृषिलाई प्रवर्द्धन गर्नका लागि पनि सार्वजनिक बिदा दिइएको प्रवक्ता खड्काको भनाई छ ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे