दाङमा सोमबार १२ जनामा कोरोना संक्रमण पुष्टि, १४ जना निको, थप एक संक्रमितको मृत्यु



दाङमा सोमबार १२ जनामा कोरोना संक्रमण पुष्टि, १४ जना निको, थप एक संक्रमितको मृत्यु

दाङ ४ असार । दाङमा आज (सोमबार) १२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । राप्ती स्वास्थ्य बिज्ञान प्रतिष्ठानमा ५० जना जनाको पिसिआर परिक्षण गर्दा १० पुरुष र २ महिलामा कोरोना संक्रमण पुष्टि भएको हो ।

यो सँगै अहिले जिल्ला सकृय बिरामीको संख्या एक सय १ रहेको जिल्ला आपतकालिन कार्य सञ्चालन केन्द्र दाङले जनाएको छ ।
ति मध्य घरमा ५३ जना, अक्सिजन सहितको उपचारमा ३४ जना र आईसियूमा १४ जना रहेका छन् ।

त्यस्तै गत २४ घण्टामा दाङका १४ जना कोरोनाका विरामी निको भएको छन् । यो संगै बैशाख यता दाङका कोरोनाबाट ७ हजार ८ सय ११ जना संक्रमित भएका छन् भने संक्रमित हुनेको संख्या ७ हजार ८ सय २३ रहेका छन् ।

यता दाङमा थप एक जना कोरोना संक्रमितको मृत्यु भएको छ । घोराही उपमहानगरपालिका वडा नं. ११ का ६८ बर्षीय पुरुषको भेरी अस्पतालमा मृत्यु भएको हो । असार २ गते पीसीआर जाँच गरिएका उनलाई ४ गते अस्पताल भर्ना गरिएको थियो ।  उनको राति साढे २ बजे मृत्यु भएको अस्पतालले जनाएको छ । यो संगै बैशाख यता दाङका २ सय १ जनाको कोरोना संक्रमणका मृत्यु भएको छ ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे