देउखुरीको राजपुरमा जिल्लामै पहिलो पटक मेसिनले धान रोप्यो



देउखुरीको राजपुरमा जिल्लामै पहिलो पटक मेसिनले धान रोप्यो

देउखुरी १४ असार ।  मंगलबार असार १५ अर्थात राष्ट्रिय धान दिवस । तुलसीपुर उपमहानगरपालिकाले वडा नं.७ स्थित खर्चवामा बिहान ८ बजे कार्यक्रम आयोजना गरेको सूचना दिएको छ ।

कृषि ज्ञान केन्द्र दाङले भने लमहीमा धान दिवस मनाउने भएको छ । केन्द्रले देउखुरीको लमहीमा गर्न लागेको धान दिवस खास छ । कारण उस्ले मेसिनबाट धान रोपेर देखाउँदै छ । डेमोको रुपमा मेसिनले धान रोपेर दिवस मनाउने तयारी गरिएको कृषि ज्ञान केन्द्रका सूचना अधिकारी रुद्र पौडेलले बताए । जस्को सम्पूर्ण ब्यबस्थापन लमहीस्थित हरित क्रान्ति कृषि सहकारी संस्थाले गर्ने भएको छ ।

 

केही कर्मचारी, सथनीय किसानको उपस्थितिमा डेमोको रुपमा मेसिनले धान रोपेर धान दिवस मनाउने तयारी गरिएको उनले जानकारी दिए । यसअघि असार १२ गते दाङको राजपुरमा मेसिनले धान रोप्ने अभ्यास सफलता पूर्वक भइसकेको छ ।

मोहन खनालले आफ्नो १५ कठ्ठा क्षेत्रफलको जग्गामा मेसिनले धान रोप्दा करिब दूई घन्टा जति समय लागेको जानकारी दिए । जिल्लामा पहिलो पटक मेसिनले धान रोपेको त्यो नै पहिलो पटक हो । जस्लाई स्थानीय अन्य किसानले पनि निकै अभिरुची पूर्वक नियालेका थिए । मेसिनले धान रोप्दा छिटो छरितो र कम खर्चिलो भएको खनालले बताए ।


दाङमा पहिलो पटक कृषि ज्ञान केन्द्रले राजपुरकोे सूर्यौदय सहकारी, गढवाको निलकमल महिला समूह र लमहीको हरित क्रान्ति कृषि सहकारी संस्थालाई धान रोप्ने मेसिन अनुदानमा प्रदान गरेको कृषि ज्ञान केन्द्र दाङका सूचना अधिकारी रूद्रमणि पौडेलले जानकारी दिए ।

सहकारी, समुह वा फारम दर्ता गरेका किसानको माग फारमका आधारम धानबाली ब्लग कार्यक्रम अन्तरगत ५० प्रतिसत अनुदामा धान रोप्ने मेसिन केन्द्रले पहिलो पटक जिल्लमा भित्र्याएर उनीहरुलाई प्रदान गरेको हो ।

चीनबाट ल्याइएको धान रोप्ने मेसिनलाई साढे ५ देखि ६ लाख र इण्डियाको मेसिनलाई साढे ७ लाख जति पर्न गएको केन्द्रका सूचना अधिकारी पौडेलले जानकारी दिए ।

गढवाको गोबरडियास्थित निलकमल महिला समूह इण्डियन मेसिन ल्याएको छ भने राजपुरकोे सूर्यौदय र लमहीको हरित क्रान्ति कृषि सहकारी संस्थाले चिनका मेसिन ल्याएका छन् । केन्द्रले स्थानीय तहरुलाई बालिबस्तु छनोटका आधारमा अनुदानमा यस्ता कृषिको आधुनिकरणको लागि यस्ता उपकरण प्रदान गर्दै आएको छ ।

सूचना अधिकारी पौडेललले केन्द्रले जिल्लाका दशवटै स्थानीय तहलाई त्यस्तै उपकरण प्रदान गर्न चाहेको भएपनि बिदेशबाट ती मेसिन ल्याउनु पर्ने हुँदा कोभिड– १९ का समयमै आउन नसकेर समस्या भएको बताए ।

त्यस्तै कतिपय पालिकाहरुले मापदण्ड पुरा गर्न नसकेको हुँदा छनोटमा नपरेको केन्द्रले जनाएको छ । कृषिमा प्रबिधिको प्रयोग बढाउन सके मात्रै कृषि क्रान्ति संभव हुने बिज्ञहरुले बताउँदै आएका छन् ।

साभार : फरककोण

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे