रोल्पामा घर माथिबाट आएको पहिरोले पुरिदा एकै घरका ३ जनाको मृत्यु, दुई जना घाईते



रोल्पामा घर माथिबाट आएको पहिरोले पुरिदा एकै घरका ३ जनाको मृत्यु, दुई जना घाईते

दाङ ९ असार । लगातार बर्षातका कारण रोल्पामा एकैघरका तिन जनाको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय रोल्पाका प्रहरी प्रमुख एवं डिएसपी नरेस सुवेदीका अनुसार लगातार बर्षातका कारण मध्येरातमा घरबामाथिबाट आएको पहिरोले पुरिदा रोल्पा नगरपालिका ९ होमाकी ८६ बर्षिया कर्मिता बुढा , १८ वर्षीया सुशीला बुढा र १५ वर्षीया श्यामकला बुढाको मृत्यु भएको हो ।

मृत्यु हुनेमा टिकासिंह बुढाकी आमा,श्रीमती र छोरी रहेका छन् । यस्तैगरी टिकासिंह र उनका ९ बर्षिया छोरी घाईते भएको हुदा थप उपचारका लागी बुटवल रिफर गरिएको डिएसपी सुवेदीले जानकारी दिए । लगातार बर्षात भईरहेकाले राती सुतेको समयमा पहिरो जादा घटना भएको उनले बताए ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे