दाङका प्रमुख जिल्ला अधिकारी पौडेलको गृहमन्त्रालयमा सरुवा



दाङका प्रमुख जिल्ला अधिकारी पौडेलको गृहमन्त्रालयमा सरुवा

दाङ ९ असार । दाङका प्रमुख जिल्ला अधिकारी दीर्घनारायण पौडेलको चार महिनामै सरुवा भएको छ । फागुनमा दाङको प्रमुख जिल्ला अधिकारी सम्हाल्न आएका उनको गृहमन्त्रालयमा सरुवा गरिएको छ । यो भन्दा अघिल्लो पटकका प्रजिअ पनि चार महिनामै सरुवा भएका थिए । तत्कालिन प्रमुख जिल्ला अधिकारी जयनारायण आचार्यको पनि तीन चार महिनामै सरुवा भएको थियो । २०७७ कात्तिकमा आएका आचार्यको फागुनमा सरुवा भएको थियो ।

पौडेलको सरुवा भएसंगै दाङमा रामबहादुर कुरुङ्वालाई ल्याईएको छ । दाङमा अबैद्य उत्खनन् व्याप्त छ । त्यसैले पनि अबैद्य उत्खनन्मा कडाई गर्न कुरुङ्वालाई दाङ ल्याएको बुझिएको छ । कुरुङ्वा बाँके हुँदा अबैद्य कार्य रोकथाममा महत्वपूर्ण भूमिका निर्वाह गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे