दाङमा अभद्र ब्यवहार गरेको आरोपमा १ जना पक्राउ



दाङमा अभद्र ब्यवहार गरेको आरोपमा १ जना पक्राउ

दाङ ९ असार । दाङमा अभद्र ब्यवहार गरेको आरोपमा १ जना युवक पक्राउ परेका छन् । दाङ घोराही उप–महानगरपालिका वडा नं. १५ बुद्दी ग्यारेज बस्ने बर्ष १९ का डेविट पुन नाम गरेका युवक पक्राउ परेका हुन् ।

विभिन्न समयमा फेक आईडीहरु खोली महिलाहरुको फोटो राखी फेसवुक, टिकटक मार्फत अश्लिल शब्दहरु लेखी पोष्ट गरी चरित्र हत्या गरेको र सम्झाउन खोज्दा उल्टै पिडित सँग हातपात तथा अभद्र व्यबहार गरेको आरोपमा उनलाई असार ६ गते पक्राउ गरी अभद्र ब्यबहार कसूरमा मुद्दा दर्ता गरी थप अनुसन्धान कार्य जारी राखेको जिल्ला प्रहरी कार्यालय दाङले जानकारी दिएको छ ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे