लुम्बिनी प्रदेशले दाङमा छुट्याएका यी हुन्, एक करोड माथिका योजनाहरु
तुलसीपुर ६ असार । लुम्बिनी प्रदेश सरकारले आगामी आर्थिक बर्षकालागि दाङमा एक करोड भन्दा बढिका दर्जनौ योजनाहरु छुट्याएको छ । यी हुन्, योजनाहरु :
१.मेट्रो अस्पताललाई १ करोड अनुदान
२.घोराहीमा पशु बधशाला निर्माणकालागि ३ करोड
३.दामोदरचोकदेखि आर्मी ब्यारेकसम्म सडक पीचकालागि एक करोड
४.दामोदर मार्ग कुइरेपानी–सर्रा सडक :६ करोड
५.दामोदरको गगरियादेखि उरहरी सुकौरा सडक ४ करोड ५० लाख
६.दुधरास भित्रि सक्राम सडक : १ करोड ५० लाख
७.हापुरे–गंगटे हुँदै कोहलपुर जोड्ने सडक :३ करोड
८.मज्गै, अवलडाँडा गुरौ सडक १ करोड ५० लाख
९.घोराही–मसिना मर्देश पाखापानी उर्जा मन्दिर सडक : ४ करोड ५० लाख
१०.विजौरी–हाडिमे– कुइरेपानी, छिल्लीकोट सडक :५ करोड
११.पोटली–मिरौली–चखौरा पूर्व डोङडीदेखि हेकुली चोक हुँदै रावतगाउँ चितानपुर सडक स्तरोन्नती :३ करोड ५० लाख
११.झुमरे खर्चवा श्रीगै मिलनचोक सल्याण सडक :१ करोड ५० लाख
१२.दंगीशरण गा.पा. पहुँच मार्ग ८ किमि: २ करोड
१३.पर्सेनी, बमनै बनहरी हुँदै चमेरे गुफा सडक : २ करोड ५० लाख
१४.राजपुर १ मटेरीया कठवेरुवा गरुङखोला हुँदै सिरिया नाका सडक स्तरोन्नती : १ करोड २५ लाख ।
१५.जग्रहवादेखि खंग्रा नाका जोड्ने सडक : १ करोड २५ लाख
१६.गोठुवा सुनपथ्री सुनछहरी जोड्ने सडक : १ करोड २५ लाख
१७.घोराही सिमेन्ट पहुँच मार्गकालागि १ करोड ५० लाख
१८.तुलसीपुरको दोधरीया–बासगढी कुटीचौर होलेरी सडक ः ३ करोड
१९.बखरिया–सरुवाडाँडा–गोलटाकुरी–कालितारा सडक :४ करोड ४ लाख
२०.सिमलतारा मुलावारी हाँसिपुर चैते बाङेसिसाल सडक ५ करोड ५२ लाख
२१.तुलसीपुर १८ मनिकापुर कुलो सिंचाई योजना : १ करोड ३० लाख
२२.मुलकुलो सिचाई योजना बबई ५ : १ करोड ३० लाख
२३.दंगीशरण ६ र ७ को पूर्व बाईसे सिंचाई योजना : २ करोड २० लाख
२४.पातुखोला सडक पुल, जनसक्रिय मार्ग, तिकारी– राईखल्यान तुलसीपुर ८ : १ करोड ५० लाख ।
२५.घोराही चक्रपथ : १ करोड ७० लाख
२६.तुलसीपुर चक्रपथ १ करोड ७० लाख
२७.तुलसीपुर सभाहल निर्माणकालागि १ करोड ५० लाख
२८.तुलसीपुर शवदाह स्थल निर्माणकालागि १५ लाख
२९.संस्कृत विश्वविद्यालयको सभागृह निर्माणकालागि :५ करोड
३०.ईलेक्ट्रिक बस सञ्चालनकालागि चार्जिङ स्टेशन निर्माण गर्न ४ करोड ४० लाख
३१.तुलसीपुरको बहुप्राबिधिक शिक्षालयकालागि ८ करोड ३० लाख
३२.चखौरा थारु संग्रहालयकालागि ४० लाख
३३.नेत्रलाल अभागी रंगशालाकालागि १५ करोड
३४.राप्ती प्राबिधिक शिक्षालयमा इनोभेटिब सञ्चालनका लागि १ करोड
३५.प्रादेशिक आयुर्वेद चिकित्सालयको क्षमता विस्तारका लागि १ करोड , फार्मेसीकालागि ६० लाख, पञ्चकर्म हलकालागि ३६ लाख
३६:राप्ती चक्रपथकालागि एक करोड
३७.लमहीमा ट्रमा सेन्टर स्थापनाकालागि ५ करोड
३८.राप्ती प्रादेशिक अस्पतालमा पेडियाट्रिक भवन निर्माणकालागि १ करोड ४० लाख , तला थपकालागि चार करोड । डीपीआर र ईआईएकालागि १ करोड ७५ लाख