कोरोना प्रभावित र बिपन्न नागरिकलाई पुस्तकालयद्धारा राहात प्रदान



कोरोना प्रभावित र बिपन्न नागरिकलाई पुस्तकालयद्धारा राहात प्रदान

गढवा ६ असार । घरको आँगनमा राखिएको खाटमा एक्लै टोलाएर बसिरहेको बेला एकाएक गाडीमा आएका मानिसहरुले चामल, दाल, तेल, पानी तताउने भाँडा, टाबेल, साबुनदानी, फलफूल र थर्मस लगायतका १६ थरी सामान ल्याएर खाटमा राखिदिदा गढवा ६ वालापुरका भिमलाल पोखे्रल दंग परेर हेरिरहेका थिए । यसरी घरमै सामान ल्याएर राखिदिएकोमा पोखे्रलले खुसी हुँदै देउखुरी सामुदायिक पुस्तकालयलाई धन्यवाद दिए ।त्यस्तै गढवा ७ मानपुरका जयमन्नु चौधरीले पनि पुस्तकालय परिवार घरमै आएर राशन पानी दिएकोमा खुसी भए । गढवा ७ का जिबकला अधिकारीको छोरालाई कोभिड पोजेटिभ भयो । घरमा रहेका परिवार त्रासमा बाचेको बेलामा पुस्तकालयले हामीलाई खाद्यान्न तथा स्वास्थ्य सुरक्षा सामाग्री दिएकोमा खुसी लागेको छ–उनले भने । त्यसो त गढवा ५ का आशाराम चौधरी र बुधे कुमाल ले घरमै राहात सामाग्री लिएर पुस्तकालय आएकोमा खुसी ब्यक्त गरे ।आम्दानीको स्रोत र साहारानै नभएका हामीलाई घरमै आएर राशन पानी दिएकोमा हामीलाई निकै खुसी लागेको छ–चौधरी र कुमालले भने । कोभिड पोजेटिभ भै थलिएर उठेका बिपन्न तथा सिमान्तकृत नागरिकहरुको घरमै पुगेर राहात सामाग्री बितरण गरेकोमा स्थानीयहरु खुसी देखिएका छन् । देउखुरी सामुदायिक पुस्तकालय तथा स्रोत केन्द्रले रिड नेपालको समन्वयमा दिदीबहिनी समाज भिक्टोरीयाद्धारा प्राप्त अनुदानबाट आइतवार कोभिड पोजेटिभ र बिपन्न तथा सिमान्तकृत समूदायका २५ घर परिवारलाई खाद्यान्न तथा स्वास्थ्य सुरक्षा सामाग्री प्रदान गरेको हो ।गढवा गाउँपालिका वडा नं. ६ का वडा अध्यक्ष बालचन्द्र ठकूरी हमालको प्रमुख आतिथ्यमा आयोजित एक कार्यक्रमका बिच पुस्तकालय प्राङ्गणमा राहात सामाग्री वितरण गरिएको हो । यसैगरी कोभिड प्रतिकार्यमा अग्रपंतिमा रहेर काम गर्ने स्वास्थ्यकर्मिका लागि गढवा गाउँपालिकाको आइसुलेशन सेण्टर र ३ वटा स्वास्थ्य संस्थाहरुलाई स्वास्थ्य सुरक्षा सामाग्री प्रदान गरिएको पुस्तकालयका अध्यक्ष गिरिराज भट्टले जानकारी दिए ।कोरोना पोजेटिभ बिपन्न तथा सिमान्तकृत नागरिकहरुलाई प्रदान गरिएका सामाग्रीहरुमा २५ किलो चामल, ५ किलो बिभिन्न प्रकारको दाल, पानी तताउने इलेक्ट्रिक जग, थर्मस, ज्वरो नाप्ने थर्मोमिटर, तेल, नून र फलफूल लगायत १६ प्रकारका सामाग्रीहरु रहेको पुस्तकालयले जनाएको छ । यसै गरि गढवा, गंगापरस्पुर र कोइलाबासका स्वास्थ्य संस्थाहरुलाई अक्सीमिटर एक, सेनेटाईजर तथा मास्क ५ थान र मिनरल वाटर रहेको अध्यक्ष भट्टले जानकारी दिए । प्रदान गरिएका राहात तथा स्वास्थ्य सुरक्षा सामाग्रीहरु भ्mण्डै तिनलाख बराबरका रहेको पुस्तकालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे