दाङमा आजदेखि ६५ बर्ष मुनिकालाई कोरोना दोस्रो डोज खोप लगाईने



दाङमा आजदेखि ६५ बर्ष मुनिकालाई कोरोना दोस्रो डोज खोप लगाईने

दाङ ६ असार । दाङमा आज(आईतवार) देखी ६५ वर्ष मुनिका नागरिकलाई कोरोना भाईरस विरुद्धको दोस्रो डोज खोप लगाईने भएको छ । सरकारले तोकेका लक्षित समुह अन्र्तगत ६५ वर्ष मुनिकालाई पहिलो डोज खोप लगाएको तर दोस्रो डोज लगाउन बाँकी रहेकालाई आजदेखी खोप दिन लागेको हो ।

सोहि अनुसार दाङका दश वटै पािलकामा खोप अभियान सन्चालन गर्न लागीएको स्वास्थ्य सेवा कार्यालय दाङले जनाएको छ । जिल्ला कोभिड १९ खोप समन्वय समितिको गत जेठ ३१ गते बसेको बैठकले २०७७ फागुन २३ गते भन्दा अगाडी र सो मिति भन्दा पछाडी कोभिसिल्डको पहिलो मात्रा खोप लगाएकालाई दोस्रो मात्रा खोप दिने निर्णय गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे