देउखुरीको सिंगेमा पशु स्वास्थ्य तथा बाझोपन निवारण शिविर सम्पन्न



देउखुरीको सिंगेमा पशु स्वास्थ्य तथा बाझोपन निवारण शिविर सम्पन्न

सिसहनियाँ ५ असार । राप्ती स्मार्ट कृषि तथा पशुपालन गाउँ राप्ती गाउँपालिका ५ सिंगेमा शनिवार १ दिने पशु स्वास्थ्य तथा बाझोपन निवारण शिविर सम्पन्न भएको छ ।

राप्ती स्मार्ट कृषि तथा पशुपालन सिंगेको आयोजना एवम् लुम्बिनी प्रदेश भुमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालय अन्तरगत पशुपन्क्षी मत्स्य विकास निर्देशनालय भेटेनरी अस्पताल तथा पशु विज्ञ केन्द्रको सहयोग तथा राप्ती गाउँपालिकाको समन्वयमा शिविर सम्पन्न भएको हो ।

शिविरमा ६ सय बाख्रा र ६० गाई भैसीको उपचार गरिनुको साथै औषधी समेत वितरण गरिएको थियो । शिविरमा सहजकर्ता पशु स्वास्थ्य प्राविधिक कृष्णबहादुर विष्ट, पशु स्वास्थ्य प्राविधिकहरु तिलक अधिकारी र शिवकान्त चौधरीले सेवा दिएका थिए ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे