सल्यानमा एक महिला मृत फेला



सल्यानमा एक महिला मृत फेला

दाङ ५ असार । सल्यानमा एक महिला मृत अवस्थामा फेला परेकी छन् । जिल्लाको दार्मा गाउँपालिका वडा नं. ५ गौतेकी ३० बर्षीया खिमा खड्का असार १ गते बिहान स्थानीय ठोलो खोलामा मृत अबस्थामा फेला परेकी हुन । जेठ ३१ गते बेलुकादेखि हराएकी खिमा खोला किनारमा मृत अवस्थामा फेला परेपछि परिवार जनले उनको बलात्कार पछि हत्या भएको दाबी गरेका छन् ।

सल्यानका प्रहरी प्रमुख डिएसपी गोबिन्द थापाले घटना शंकाष्पद रहेको जानकारी दिए । आइतबार रिपोर्ट आइतबार मात्रै आउने र त्यसपछि खिमाको मृत्युको कारण भन्न मिल्ने डिएसपी थापाले बताए । खिमाका श्रीमान खिमबहादुर खड्का आठ महिना अगाडि रोजगारीको खोजीमा भारतको सिम्लामा बस्दै आएका थिए । श्रीमतीको मृत्युको खवरपछि उनी शुक्रबार घर आएका छन् ।

खिमाको शब जिल्ला अस्पताल खलंगामै रहेको छ । खड्का परिवारले दोषीको पहिचान र कारबाहीको माग गरेका छन् ।
खिमबहादुरले आफ्नो साला र जेठानपनि इण्डियामा रहेको र उनीहरुले आफु नेपाल आएपछि मात्रै शब बुझ्ने कुरा गरेको हुँदा शब अस्पतालमै रहेको डिएसपी थापाले बताए । घटना बारे प्रहरीले गम्भीर ढंगले अनुसन्धान जारी राखेको डिएसपी थापाले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे