देशका विभिन्न ठाउँमा आएको बाढी पहिरोमा अहिलेसम्म १७ जनाको ज्यान गयो, २२ बेपत्ता



देशका विभिन्न ठाउँमा आएको बाढी पहिरोमा अहिलेसम्म १७ जनाको ज्यान गयो, २२ बेपत्ता

काठमाण्डाै ५ असार । मनसुन भित्रिएपछि आएको बाढी पहिरोमा परेर अहिलेसम्म १७ जनाको ज्यान गएको छ भने १२ जना घाइते भएका छन् ।

यस्तै बाढी, पहिरो र डुबानमा परेर देशभर २२ जना हराइरहेका छन् । हराउनेमा सिन्धुपाल्चोक, जाजरकोटमा र बाजुराका धेरै रहेका गृह मन्त्रालयले जनाएको छ । यस्तै १ सय ४१ घर पूर्ण र ९९ वटा घरमा आंशिक क्षति पुगेको छ । आजसम्म १६ सय जनालाई सुरक्षित ठाउँमा सारिएको गृह मन्त्रालयले जनाएको छ । ४ सय भन्दा धेरै व्यक्तिको उद्धार गरिएको मन्त्रालयका सूचना अधिकारी खुमकान्त अधिकारीले जानकारी दिए ।

आज पनि प्रदेश एक, गण्डकी, लुम्बिनी, वाग्मतीका विभिन्न जिल्लामा ठूलो पानी परेको छ । आज राति पनि प्रदेश १, गण्डकी, लुम्बिनी र वाग्मती प्रदेशका केही ठाउँहरुमा ठूलो पानी पर्ने भएकाले सतर्कता अपनाउन मौसमविद्ले आग्रह गरेका छन् ।

लगातारको पानीले पहिरो आएपछि विभिन्न ठाउँका राजमार्ग बन्द भएका छन् । अहिले मर्मतपछि २४ वटा राजमार्ग एकतर्फी खुलाइएको छ । १५ वटा सडक अझै बन्द रहेका छन् । ५० वटा सडकमध्ये ११ वटा सडक पूर्ण रुपमा सञ्चालनमा आएका छन् ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे