दाङमा एक बर्षमा साढे ३ हजार यूनिट बढी रगत खपत



दाङमा एक बर्षमा साढे ३ हजार यूनिट बढी रगत खपत

दाङ ३१ जेठ । दाङमा चालु आर्थिक बर्षमा ३ हजार ५ सय ८९ यूनिट रगत खपत भएको छ । रक्त सञ्चार केन्द्र घोराहीका ठाकुर पौडे्लले मानव अधिकार तथा शान्ति समाज दाङले बिश्व रक्त दाता दिवसको अवसरमा सोमबार गरेको भर्चुअल अन्तरक्रिया कार्यक्रममा त्यस्तो जानकारी दिएका हुन ।

उनले चालु आर्थिक बर्षमा घोराहीमा सबैभन्दा बढी २ हजार ३ सय ३३ यूनिट, तुलसीपुरमा ९ सय २९ यूनिट र लमहीमा ३ सय ३३ यूनिट रगत खपत भएको जानकारी दिए । त्यस्तै घोराहीमा २ हहजार ३ सय ४७ यूनिट, तुलसीपुरमा १ हजार ३४ यूनिट र लमहीमा २ सय ९४ र रगत संकलन भएको पौडेलले बताए ।

सबै गरि जिल्लामा चालु आर्थिक बर्षमा ३ हजार ६ सय ७५ यूनिट रगत बिभिन्न ब्यक्ति र संघ संस्थाको समन्वयमा संकलन भएको पौडेलले जानकारी दिए । १८ बर्ष माथि उमेर पुगेका र ४५ केजी भन्दा माथि तौल समूहका पुरुषले ३÷ ३ महिना र सोही उमेर समूह र तौल समूहमाथिका महिलाले ४ ÷४ महिनामा ३ सय ५० एमएल रगत दान गर्न सक्ने जानकारी पनि पौडेलले दिए । त्यसरी निकालेको रगत ३५ दिन भित्र प्रयोग गरिसक्नु पर्ने हुन्छ ।

त्यस्तै कम्पोनेन्ट ब्लडका लागि एक ब्यक्तिबाट एक पटकमा ४ सय ५० एमएल रगत निकाल्न सकिन्छ । कम्पोनेन्ट ह्वाईट ब्लड सेल, रेड ब्लड सेल र प्लाज्मा बनाउने उपयोग गरिन्छ । कम्पोनेन्टका लागि १८ बर्ष उमेर र ६० केजी समूहमाथिको ब्यक्ति आवश्यक पर्छ । प्लाज्मा ६ महिना र ह्वाईट ब्लड सेल ४२ दिन भित्र खपत गरि सक्नु पर्ने हुन्छ । एकजना ब्यक्तिबाट निकालिएको कम्पोन्टबाट ३ जनालाई सेवादिन सकिन्छ ।

रगत संकलन गर्दा कुर्नपनि ब्यक्तिको तौलको जाँच गरिन्छ । त्यस्तै दीर्घरोगीहरु जस्तै सुगर, प्रेसर, गम्भीर प्रकृतिका रोग लागेका ब्यक्तिले रक्तदान गर्न मिल्दैन ।

रगत दान गर्दा शारिक रुपमा कमजोर भइदैन – चौधरी
२६ औ पटकसम्म रक्तदान गरेका घोराही दुर्गाप्रसाद चौधरीले रक्तदान गर्दा शारिरीक रुपमा कमजोर भइन्छ भन्ने बुझाई गलत भएको बताएका छन् ।

चौधरीले आफुले हालसम्म २६ पटक रगत दान गरि सकेको भन्दै भबिस्यमा पनि यो अभियान जारी राख्ने धारणा राखे ।
तुलसीपुर नगर जेसीजका अध्यक्ष नत्रलाल (नारायण) भट्टराईले रगतको अभाबमा कसैले पनि ज्यान गुमान नपरोस् भन्ने उदेश्यले रक्त सञ्चार केन्द्रमा जेसिजको तर्फबाट युवाहरुको नामावली र सम्पर्क नम्वर राखिएको बताए । जसलाई जुन गु्रपको रगत आबश्यक पर्छ त्यस्ता ब्यक्तिलाई तत्काल रगत दान गर्ने वाताबरण जेसिजले मिलाउने उनले जानकारी दिए ।

मानव अधिकार तथा शान्ति समाज दाङले रक्त दान जीवन दान बिषयक भर्चुअल अन्तरक्रिया गरेको छ ।
बिश्व रक्त दातादिवसको अवसरमा सोमबार समाजले धेरै पटक र धेरै लामो समयदेखि रक्तदान गर्दै आएका ब्यक्ति तथा संस्थागत संघ संस्थाहरुसंग अन्तरक्रिया गरेको हो ।

अन्तरक्रिया कार्यक्रममा मानवअधिकार तथा शान्ति समाजका बरिष्ठ केन्द्रीय उपसभापति सुशील बस्नेत, उच्च अदालत बार तुलसीपुरका अध्यक्ष रबिन्द्र धिताल, शान्ति समाजका केन्द्रीय सचिब निर्मल नेपाली, नेपाल रेडक्रस दाङका सदस्य भिमलाल मरासिनी, अपाङगता ब्यक्तिको तर्फबाट यज्ञ बिक लगायतले रक्तदानको महत्वबारे बारे धारणा राखेका थिए ।

शान्ति समाज दाङ शाखा सभापति तुलसीराम सुनारको अध्यक्षतमा माभएको कार्यक्रम भएको हो । समाजकी जिल्ला सहसचिब उषा गौतमको स्वागतबाट सुरु भएको कार्यक्रमको सहजीकरण सचिब निर्मला डाँगीले गरेकी हुन ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे