लमही अस्पताल र सिसहनियाँ स्वास्थ्य चौकीलाई बेड र अक्सिजन कन्सन्ट्रेटर सहयोग



लमही अस्पताल र सिसहनियाँ स्वास्थ्य चौकीलाई बेड र अक्सिजन कन्सन्ट्रेटर सहयोग

सिसहनियाँ ३१ जेठ ।  कोभिड १९ को व्यवस्थापनमा केही सहयोग पुगोस् भन्ने उदेश्यले दाङको लमही अस्पताल र सिसहनियाँ स्वास्थ्य चौकीलाई २ लाख ६० हजार मुल्य बराबरको स्वास्थ्य सामाग्री प्रदान गरिएको छ ।

लमही नगरपालिका वडा नम्बर ५ निवासी हाल क्यानडा बसोबास गर्दै आएका निरञ्जन थापाले आयोजना गरेको गो–फन्ड  र थापाका केही साथीहरूको आर्थिक सहयोगबाट संकलित दुई थान बेड, दुई थान अक्सिजन कन्सन्ट्रेटर लमही अस्पताललाई हस्तान्तरण गरिएको हो ।

यस्तै सिसहनियाँ स्वास्थ्य चौकीलाई एक थान अक्सिजन कन्सन्ट्रेटर मेसिन हस्तान्तरण गरिएको छ । उक्त सामाग्री निरञ्जन थापाको बुवा नरेन्द्रबहादुर थापा, आमा पार्वतीदेवी थापा र राप्ती गाउँपालिका तरूण दलका अध्यक्ष आशिष पौडेलले अस्पतालमा पुगेर लमही नगरपालिकाका प्रमुख कुलबहादुर केसी, उपप्रमुख देवका बेल्वासे, प्रमुख प्रशासकीय अधिकृत गेहेन्द्रबहादुर डाँगी र लमही अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डाक्टर रञ्जिता महतोलाई हस्तान्तरण गरेका हुन् । भने सिसहनियाँमा राप्ती गाउँपालिका वडा नम्बर ५ का वडा अध्यक्ष गाेवर्धन रावत र डा. रेगनसिंह थापालाई हस्तान्तरण गरेका हुन् ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे