विदेश पठाइदिन्छु भन्दै एक लाख २५ हजार रुपैयाँ ठगी गर्ने सप्तरीका एक एजेन्ट पक्राउ



विदेश पठाइदिन्छु भन्दै एक लाख २५ हजार रुपैयाँ ठगी गर्ने सप्तरीका एक एजेन्ट पक्राउ

सप्तरी ३१ जेठ । विदेश पठाइदिन्छु भन्दै एक लाख २५ हजार रुपैयाँ ठगी गर्ने सप्तरीका एक एजेन्ट पक्राउ परेका छन् । पक्राउ पर्नेमा सप्तरीको विष्णुपुर गाउँपालिका १ का ४६ वर्षीय इनरदेव यादव रहेका छन् ।

जैफुन खातुनले २०६८ असोज २ गते प्रहरीमा दिएको जाहेरीअनुसार यादवले उनका छोरालाई विदेश पठाइदिन्छु भन्दै एक लाख २५ हजार रुपैयाँ ठगी गरेका थिए । जाहेरीका आधारमा यादवलाई पक्राउ गरी सप्तरी जिल्ला अदालतमा उपस्थित गराइएकाे थियाे ।

२०७५ असार २५ गते अदालतबाट उनलाई दोषी ठहर गर्दै एक वर्ष कैद र एक लाख २५ हजार रुपैयाँ जरिबाना गरिएको थियो । त्यसलगत्तै फरार रहेका यादवलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रहरी नायब उपरीक्षक (डीएसपी) माधवप्रसाद काफ्लेले जानकारी दिए ।

पक्राउ परेका यादवलाई अदालतमा उपस्थित गराइ कैद भुक्तानका लागि कारागार पठाइएको सप्तरी प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे