कर्णाली प्रदेशसभा बैठक आज पनि बस्दै



कर्णाली प्रदेशसभा बैठक आज पनि बस्दै

काठमाडौं २६ जेठ । कर्णाली प्रदेश सभा बैठक बुधबारको लागि पनि बोलाइएको छ । भौतिक पूर्वाधार तथा शहरी विकासमन्त्री अम्मरबहादुर थापालाई प्रदेश सभा बैठकबाट निकाल्न माग गर्दै प्रतिपक्षी दल एमालेले अवरोध गर्दै आएको सभा बुधबार दिउँसो २ बजेको लागि बोलाइएको हो ।

बजेट अधिवेशन सुरु भएपछि सोमबार र मंगलबार पटक पटक स्थगित भएको बैठक खुलाउने विषयमा सरकार पक्ष र प्रतिपक्षबीच मंगलबार वार्ता भएपनि सहमती जुट्न सकेन । एमाले संसदीय दलका नेता यामलाल कँडेलले फौजदारी अभियोग लागेका थापालाई प्रदेश सरकारले मन्त्री बनाएको भन्दै त्यसको विरोध गरेका थिए । उनलाई सभाबाट ननिकालेसम्म बैठक चल्न नदिने एमालेको अडान छ ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे