जन्म दिनमा युवा व्यवसायी रेशम केसीले निलसागरमा खाद्यान्न सहयाेग गरे



जन्म दिनमा युवा व्यवसायी रेशम केसीले निलसागरमा खाद्यान्न सहयाेग गरे

सिसहनियाँ २६ जेठ । लमही नगरपालिका  १ सुन्डवरी निवासी युवा व्यवसायी रेशम केसीले आफ्नो जन्म दिन फरक तरिकाले मनाएका छन् । उनले आफ्नो जन्म दिनमा राप्ती गाउँपालिका वडा नम्बर ८ पिपरीमा रहेको निलसागर सेवाआश्रमलाई खाद्य सामाग्री दिएर जन्म दिन मनाएका हुन् ।

विश्व व्यापी महामारीको रूप फैलिएको कोरोना भाइरस कोभिड १९ र लकडाउनले आश्रमलाई समस्या बनाएको भन्दै दाङ जिल्लालाई सडकआश्रीत सहयोगापेक्षी मानव रहित बनाउने ऎतिहासिक महाअभियानमा सेवाश्रमका लागि ३ बोरा चामल, १ बोरा दाल ,तोरीको तेल लागायतका खाद्यान्न सामाग्री प्रदान गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे