नेपाललाई खोप सहित स्वास्थ्य सामग्री सहयोग गर्न बेलायतका १६ सांसदकाे आग्रह



नेपाललाई खोप सहित स्वास्थ्य सामग्री सहयोग गर्न बेलायतका १६ सांसदकाे आग्रह

काठमाण्डाै २६ जेठ । बेलायतका १६ सांसदले नेपाललाई कोरोनाविरुद्धको खोपसहित स्वास्थ्य सामग्री तत्काल सहयोग गर्न आफ्नो सरकारसँग आग्रह गरेका छन् ।

कोरोनाको संक्रमण नेपालमा बढीरहेकाे भन्दै खोपसहित स्वास्थ्य सामग्री तत्काल सहयोग गर्न उनीहरुले आग्रह गरेका हुन् । १६ सांसदको तर्फबाट क्रिस्टी ब्ल्याकमेनले विदेशमन्त्री डोमिनिक राबलाई लेखेको पत्रमा नेपालमा तत्काल कोरोनाविरुद्धको खोप, अक्सिजन जेनेरेटर्स्, कन्सन्ट्रेटर लगायत अत्यावश्यक मेडिकल सामग्रीको सहयोग गर्न भनिएको छ ।

अहिलेको स्थिति नेपालका लागि मात्र ठूलो प्रकोप नभइ विश्वका लागि नै जोखिम भएको भन्दै सांसदहरुले बेलायत सरकारको ध्यानाकर्षण गराएका हुन् । यस्तै, सांसदहरुले नेपालमा संक्रमित भएकामध्ये ९७ प्रतिशतमा भारतमा देखिएको कोरोनाको नयाँ भेरियन्ट देखिएको र यो द्रुत गतिमा फैलिँदै गएको पनि बताएका छन् । तर, नेपालमा कमजोर स्वास्थ्य पूर्वाधार, अक्सिजनलगायतको अभाव भएकाले रोकथाम तथा उपचार प्रभावित भएको भन्दै तत्काल सहायता गर्नु पर्नेमा उनीहरुले जोड दिएका छन् ।

नेपालमा संक्रमित दर ५० प्रतिशतको आसपास रहेको, कतिपय समुदायमा ९० प्रतिशतमा पुगेको तथा कुल जनसंख्याको सात प्रतिशतले मात्रै कोरोनाविरुद्धको पहिलो डोज खोप पाएको र दुई डोज खोप लगाउनेहरूको संख्या दुई प्रतिशत मात्रै रहेको उल्लेख गरिएको छ । यस्तै, उनीहरुले एक हप्ता भित्रै नेपाललाई खोप आपूर्तिका लागि ताकेता दिँदै हस्ताक्षर गर्नेको संख्या १० हजार पुगेको पनि पनि बताएका छन् ।

यस्तै, सयुंक्त राष्ट्रसंघले पनि दुई हप्ता अघि नेपालमा कोराेनाको नियन्त्रणका लागि आठ करोड ३७ लाख अमेरिकी डलर आवश्यक पर्ने घोषणा गरेको बारे पनि उनीहरुले स्मरण गराएका छन् । नेपालका गोर्खालीहरुले बेलायतलाई धेरै सहयोग गरेको र नेपालसँग बेलायतको लामो समयदेखिको मित्रताका कारण पनि बेलायतले नेपाललाई तत्काल सहयोग उपलब्ध गराउनु पर्नेमा जोड दिइएको छ । नेपाल सरकारले सहयोगको माग गरे पनि किन आपत्कालीन रुपमा सहयोग हुन सकेन भनेर उनीहरुले प्रश्न पनि गरेका छन् । १६ जना सांसदले हस्ताक्षर गरेको पत्रमा भनिएको छ

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे