दुख सुखको सारथी बन्दै वन प्राविधिक समाज : दाङका ४० बढी घर परिवारलाई राहत वितरण



दुख सुखको सारथी बन्दै वन प्राविधिक समाज : दाङका ४० बढी घर परिवारलाई राहत वितरण

भालुवाङ २३ जेठ । दाङ जिल्लामा वन विज्ञान विषय अध्ययन गर्ने विद्यार्थीहरुले गरिव दुखीहरुको सेवाका लागि राहत वितरण अभियान सन्चालन गरेका छन् । विद्यार्थीहरुले वन प्राविधिक समाज नामक संस्था गठन गरेर अभियान चलाएका छन् ।दाङभरका वन प्राविधिकहरुको साझा संगठन वन प्राबिधिक समाज दाङले आफ्नो प्राविधिक पाटो संगसंगै कोरोना र लकडाउनका प्रभावित कोरोना पिडित तथा दैनिक ज्याला मजदुरी गरिखाने परिवारलाई ख्याल गर्दैे दुखसुखको सारथी बन्न केहि सानो प्रयास स्वरुप खाद्यान्न तथा राहत वितरणको कार्यक्रम सुरु गरेको हो ।
समाजले पिडितहरुकै घरमा गएर राहत स्वरुप खाद्यन्न सहयोग गरिरहेको छ ।यसै क्रममा आइतवार दाङ देउखुरीको राप्ती गाउँपालिकाको वडा नम्बर १ को भालुवाङ, कटेशनाला वडा नम्बर २ को लालमटिया र बराखुट्टीका गरि ६ घर परिवारलाई राहत स्वरुप खाद्यन्न प्रदान गरेको छ । घर आँगनमै राहत पाएपछि स्थानीयहरु समेत खुसी भएका छन् ।विद्यार्थीहरुले आफुबाट पैसा उठाएर र अन्य व्यक्तिहरुबाट पैसा संकलन गरी राहत अभियान चलाएका छन् । दुख सुखको सारथी भन्ने नाम दिएर उनीहरुले अभियान चलाएका हुन् । संकलित २ लाख रुपैयाँबाट तुलसीपुर मेट्रो अस्पतालद्धारा सन्चालित कोरोना आइसोलेनका विरामीलाई फलफुल वितरण, तुलसीपुरको मानव सेवा आश्रममा खान खुवाउने काम देखि लिएर हाल सम्म घोराही र तुलसीपुर क्षेत्रका ४० बढी घर परिवारलाई राहत वितरण गरिसकेको वन प्राविधिक समाज दाङका प्रतिनिधि सोनिया भुसालले बताउनु भयो ।समाजले पिडित प्रति घरपरिवार २५ किलो चामल, ५ किलो दाल, २ पोका नुन र १ लिटर खाने तेल राहत स्वरुप सहयोग गर्दै आएको छ । साथै समाजले कहि कतै कसैलाई सहयोग चाहिएमा तुरुन्त सम्पर्कमा आउन तथा वास्तविक पिडितलाई सम्पर्कमा ल्याएर सहजीकरण गरिदिन सम्पूर्ण मिडियाकर्मी तथा आम नागरिकमा अपिल समेत गर्दै आएको छ ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे