सिरहामा औषधि व्यवसायीमाथि गोली प्रहार



सिरहामा औषधि व्यवसायीमाथि गोली प्रहार

जनकपुरधाम २२ जेठ । सिरहामा अज्ञात समूहले गोली प्रहार गर्दा एक जना औषधि व्यवसायी घाइते भएका छन् । मिर्चेया नगरपालिका वडा नम्बर ५ स्थित सिद्धी मेडिकल हलका सञ्चालक रामसागर साफीमाथि गोली प्रहार गरिएको हो ।

पसलमा बसिरहेको अवस्थामा शनिबार राति पौने ८ बजेतिर आएको अज्ञात समूहले करिब ४० वर्षका साफीमाथि दुई राउण्ड गोली प्रहार गरेको प्रहरीले जनाएको छ । दुई राउण्ड गोलीमध्ये साफीलाई एउटा हातमा र अर्काे तिघ्रामा लागेको सिरहा प्रहरी प्रमुख एसपी हिराबहादुर पाण्डेले जानकारी दिए । गोली प्रहारबाट घाइते भएका साफीको स्थानीय अस्पतालमा उपचार भइरहेको र घट्नाको विषयमा अन्य अनुसन्धान भइरहेको एसपी पाण्डेले बताए ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे