एनआरएनएले पठाएका चार सय २८ थान अक्सिजन कन्सन्ट्रेटर नेपाल आइपुग्याे



एनआरएनएले पठाएका चार सय २८ थान अक्सिजन कन्सन्ट्रेटर नेपाल आइपुग्याे

काठमाण्डाै २३ जेठ । गैर आवासीय नेपाली सङ्घ (एनआरएनए)ले पठाएका थप चार सय २८ थान अक्सिजन कन्सन्ट्रेटर नेपाल आइपुगेका छन् । ‘नेपालमा अक्सिजन पठाऔँ, आफन्तको ज्यान बचाऔँ’ अभियानअन्तर्गत थप ४ सय २८ अक्सिजन कन्सन्ट्रेटर काठमाण्डौ पुगेकाे एनआरएनएका अध्यक्ष कुमार पन्तले जानकारी दिनुभएको छ ।

गैर आवासीय नेपाली सङ्घको राष्ट्रिय समन्वय परिषद्को समन्वयमा कन्सन्ट्रेटर काठमाण्डौ पठाइएको पन्तले बताए । बेलायतबाट एक सय ५० थान, अष्ट्रेलियाबाट एक सय थान, क्यानडाबाट ७५ थान, जर्मनीबाट ३०, दक्षिण कोरियाबाट २०, इटलीबाट १०, चीनबाट सात र अन्य संस्थाबाट ३६ थान अक्सिजन कन्सन्ट्रेटर नेपाल पठाइएको एनआरएनएले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे