देउखुरीका दुई कोरोना अस्पताललाई १ लाख बढीको स्वास्थ्य सामाग्री प्रदान



देउखुरीका दुई कोरोना अस्पताललाई १ लाख बढीको स्वास्थ्य सामाग्री प्रदान

देउखुरी २३ जेठ । देउखुरीका दुई कोरोना अस्पताललाई स्वास्थ्य सामाग्री प्रदान गरिएको छ । नेपालमा दोस्रो लहरको कोरोना महामारी व्यापक रुपमा फैलिए पछि लमहीमा रहेको कोरोना अस्पताल र सिसहनियामा रहेको कोरोना अस्थायी अस्पताललाई शनिवार स्वास्थ्य सामग्री प्रदान गरिएको हो ।नेपाल जिविकोपार्जन तथा उत्थानशिल कार्यक्रम अन्तर्गत बालबालिका तथा युवा सशक्तिकरण परियोजना मार्फत अष्टे«लियन एड, कारितास अष्टे«लिया, कारितास नेपालको आर्थिक सहयोगमा मिलाप कृषि सहकारी संस्था लि. राप्ती गाउँपालिका ४ मौरीघाटले कुल १ लाख ३ हजार रुपैयाँ बराबरको स्वास्थ्य सामग्री वितरण गरेको हो ।

जसमा लमही कोराना अस्पतालमा कार्यरत स्वास्थ्यकर्मीका लागि १० पिस बुट सहित पिपिई सेट, बिरामीहरुका लागि २० पिस १०० एम. एल. १४५ एम.आर.पि.को ह्याण्ड सेनिटाइजर, २० प्याकेट डिस्पोजेबल माक्स, २० डिब्बा भेनस रुवि, २० डिब्बा हरलिक्स हाप केजी, महिला बिरामीका लागि १० प्याकेट सेनिटरी प्याड गरी लमही कोरोना अस्पताललाई ४५ हजार ५ सय २० रुपैयाँ बराबरको स्वास्थ्य सामाग्री हस्तान्तरण गरेको छ ।त्यस्तै सिसहनियाँ कोराना अस्थायी अस्पतालमा कार्यरत स्वास्थ्यकर्मीका लागि १० पिस बुट सहित पिपिई सेट, अस्पतालका लागि ५ लिटरको १ जरकिन सोडिएम कोलोराइट, १६ लिटरको १ वटा डिस्इनफेक्सन स्प्रे ट्यांकी, ५ लिटरको १ जरकिन ह्याण्ड सेनिटाइजर, बिरामीहरुका लागि १०० एम. एल. १४५ एम.आर.पि.को २० पिस ह्याण्ड सेनिटाइजर, २० प्याकेट डिस्पोजेबल माक्स, २० पिस सर्जिकल ग्लोभ्स, २० डिब्बा भेनस रुवि, २० डिब्बा हरलिक्स हाप केजी र महिला विरामीका लागि १० प्याकेट सेनिटरी प्याड गरी सिसहनियाँ कोरोना अस्थायी अस्पताललाई ५७ हजार ३ सय ८० रुपैयाँ बराबरको स्वास्थ्य सामाग्री हस्तान्तरण गरिएको छ । स्वास्थ्य सामाग्री हस्तान्तरण कार्यक्रममा कार्यक्रम संयोजक अनु चौधरी र सामुदायिक शान्ति सहजकर्ता दलबहादुर घर्तीमगर र पत्रकार ओमप्रकाश गुप्ता लगायतको सहभागिता रहेको थियो ।

 

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे