दाङका दश वटै पालिकामा कोरोना परिक्षणका लागि एन्टिजेन किट पठाइयाे
दाङ २३ जेठ । दाङका दश वटै पालिकामा कोरोना परिक्षण गर्नका लागी एन्टिजेन किट पठाईएको छ । समुदायस्तरमै कोरोना भए नभएको पत्ता लगाउनका लागी एन्टिजेन विधि मार्फत कोरोना परिक्षण सुरु गरिएको स्वास्थ्य कार्यालय दाङले जनाएको छ । जिल्लाका सवै पालिकामा एन्टिजेन विधि मार्फत नमुना परिक्षण गर्ने कार्य तिव्र गतिमा अघि बढेको कार्यालयका कोरोना फोकल पर्सन कमल चन्दले जानकारी दिए ।
यसरी समुदाय स्तरमै एन्टिजेन विधि मार्फत कोरोना परिक्षण गर्दा संस्कापद व्यक्तिमा संक्रमण पुष्टि भएमा सुरक्षित स्थानमा राख्न सकिने, कन्ट्याक्ट ट्रेसिङ गर्न सहज हुने र कोरोना संक्रमण फैलिन खतरा पनि कम हुने उहाले बताए । जिल्लाका पालिकाहरुमा अहिले समुदाय स्तर मै कोरोना परिक्षण कार्यलाई मातहतका स्वास्थ्य संस्था मार्फत गाउँगाउँमा कोरोना परिक्षण भईरहेको उनले बताए ।
प्रतिक्रिया दिनुहोस्